शनिबार, आश्विन १७ गते २०८३

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

भाद्र १७, २०७८ बिहीबार
नेपाल धितोपत्र बोर्डका अध्यक्ष  ढुंगाना निलम्बित


 सर्वोत्तम सिमेन्टको सेयर खरीदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई  सरकारले निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले उनलाई निलम्बन गर्दै न्यायिक छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् । न्यायिक समितिले छानवीन गर्दा बोर्डको अध्यक्ष ढुंगाना हुँदा छानविन प्रक्रिया प्रभावित हुनसक्छ भन्दै निलम्बन गरिएको जनाईएको छ ।

ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका छन् । समितिले ढुंगानाको संलग्नताबारे छानबिन गर्नेछ । समितिले छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । यसअघि भदौ पहिलो साता बसेको अर्थसमितिको बैठकले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको भन्दै कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।