शेयरबजारको कारोबारमा आज गिरावट आएको छ । मंलगबार सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेको हो । जुन अघिल्लो दिनको तुलनामा २.२७ प्रतिशतले घटी हो । बिहान कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदासम्म २९७५.८४ बिन्दुमा पुगरे अडिएको हो ।
बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा १३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत आइतबारको तुलनामा २ अर्ब ४० करोड रुपैयाँले घटी हो । आइतबारको बजारमा १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।