बुधबार, भाद्र ३ गते २०८३

बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा हालसम्म ७ करोडको आवेदन

भाद्र ११, २०७८ शुक्रबार
बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा हालसम्म ७ करोडको आवेदन

 

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ करोड ३० लाख ७७ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

भाद्र १० गते सम्ममा १६,९३२ जना आवेदकहरुबाट १२,३०,७७० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको ३०८ प्रतिशत बराबरको शेयर विक्री भइसकेकोछ ।

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको बट्टार, छहरे, देउराली, रानीपौवा, महादेव फाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग शाखा, प्रभु बैंक लिमिटेडको बट्टार, महादेवफाँट नुवाकोट शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।