बुधबार, भाद्र ३ गते २०८३

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनको तयारी

भाद्र १०, २०७८ बिहीबार
चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनको तयारी

 

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्न लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले सहुलियत पसल संचालनका लागि रकम विनियोजन भएर तयारी सुरु गरिसकेको जानकारी दिएकी हुन् । 

खाद्यान्न आपूर्ति गर्ने सरकारी कम्पनीहरु साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल संचालन गर्नेगर्छन्। उनीहरुले विभिन्न छुट र सहुलियत मुल्यमा उपभोक्तलाई अत्यावश्यक वस्तु उपलब्ध गराउनेछन् । विक्रीका आधारमा अनुदानका रुपमा त्यो रकम ती दुई सरकारी कम्पनीलाई दिने गरिएको छ । 

मन्त्रालयका अनुसार व्यापार कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ।

व्यापार कम्पनीले दाल, तेल, चामल, गेडागुडी, आँटा लगायतका खाद्यान्नमा १० रुपैयाँसम्म छुट दिने गरेको छ। कम्पनीले बजार मूल्य भन्दा एक सय रुपैयाँ सस्तो मूल्यमा खसी र च्याङग्रा समेत बिक्री गर्दै आएको छ। साल्ट ट्रेडिङले नुन, चिनी, दाल, तेल, पिठो र चामल लगायतका अत्यावश्यक वस्तु ४ देखि २० रूपैया छुटमा विक्री गर्ने गरेको छ।