शनिबार, आश्विन १७ गते २०८३

एफएनसीसीआईको भिजन पेपर : १०० खर्बको अर्थतन्त्र, २३ लाख रोजगारीको लक्ष्य

चैत्र २८, २०७७ शनिबार
एफएनसीसीआईको भिजन पेपर : १०० खर्बको अर्थतन्त्र, २३ लाख रोजगारीको लक्ष्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर आज सार्वजनिक हुने भएको छ । महासंघले तयार पारेको सो दस्तावेज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नेछन् । उक्त भिजन पेपरमा सन् २०३० सम्म एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सोचका साथ तयार पारिएको नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ । सोही अवधिमा देशभित्र २३ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सो भिजन पेपरको छ । 

तुलनात्मक लाभ भएको क्षेत्रलार्ई प्राथमिकतामा राखेर यो दस्तावेज तयार पारिएको महासंघले जनाएको छ । यसका लागि उत्पादन तथा उत्पादकत्व बढाउन र रोजगारी सिर्जना, उद्यमशीलता विकासलगायत विविध आयामका विषयमा काम योजना बनाएको छ । महासंघको आर्थिक रुपान्तरण मार्गचित्रमा दश प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचानका कार्यक्रमहरू रहेको छ । 

कृषि, पूर्वाधार निर्माण, उत्पादन, सेवामूलक क्षेत्रमा लगानी बढाउन के–के सुधार गर्ने भन्ने विषय उक्त भिजन पेपरमा समावेश गरिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले यो भिजन पेपरले निजी क्षेत्रको आवाजमा एकरूपता ल्याउने दाबी गरे । 

साढे २ महिना लगाएर तयार पारिएको उक्त भिजन पेपरमा ५० जना स्टाटअपलाई पुँजीको व्यवस्थापन मिलाउन एक उद्यमी एक लगानीकर्तासहित उद्यम गर्न सघाउने तथा सिकाउने, एशियाको मुख्य सेवा केन्द्र नेपाललाई बनाउने तथा डाटा बेस र भिजन सहितको संस्था बनाउने तयारी महासंघले गरेको हो ।