बुधबार, भाद्र ३ गते २०८३

बढ्याे ब्याज कर, निक्षेपकर्ताले अब ६ प्रतिशत तिर्नुपर्ने


जेठ १७, २०८० बुधबार
बढ्याे ब्याज कर, निक्षेपकर्ताले अब ६ प्रतिशत तिर्नुपर्ने

बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेवापत निक्षेपकर्ताले अब ६ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ। आर्थिक वर्ष २०८०।८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानी बापत श्रावण १ गते पछि ६ प्रतिशतले कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्। 

निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले १ प्रतिशत विन्दुले बढाएको हाे। यसअघि बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तीय संस्था तथा सहकारीका निक्षेपकर्ताले ५ प्रतिशत कर तिर्दै आएका थिए।  

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा धेरै न्यून राजश्व संकलनकाे चुनाैति व्यहाेरिरहेकाे सरकारले राजश्व संकलनकाे भार निक्षेपकर्ता माथि पारेकाे स्पष्ट देखिन्छ। आयकरका दरहरू हेरफेर भइरहने भएता पनि सामान्यतया ब्याज करकाे दरमा यसअघि हेरफेर गर्ने गरिएकाे थिएन ।