शनिबार, आश्विन १७ गते २०८३

चीन र भारतका कारण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव : अर्थमन्त्री


जेठ १५, २०८० सोमबार
चीन र भारतका कारण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव : अर्थमन्त्री

काठमाडौं । नेपाल सरकारले छिमेकी मुलुक चीन र भारतमा आर्थिक गतिशीलता उल्लेख्य रहेकाले नेपालमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। 

आज सोमबार आ.व. ०८०/ ०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  भारत र चीन लगायतका छिमेकी मुलुकको आर्थिक गतिशीलता उल्लेख्य रहेकोले नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका हुन्। 

यसका साथै उनले कतिपय वस्तुमा लगाइएको बन्देज हटाएपश्चात् ती वस्तुको आयातमा भएको वृद्धि र आर्थिक क्रियाकलापकाे विस्तारसँगै राजश्व संकलनमा पनि वृद्धि हुने अनुमान रहेको बताएका छ्।