बुधबार, भाद्र ३ गते २०८३

राष्ट्रिय क्रान्तिकारी माेर्चाले जेष्ठ १६ गते नक्कली शरणार्थी प्रकरण, बालुवा गिट्टी प्रकरणकाे बिराेध गर्ने


जेठ १२, २०८० शुक्रबार
राष्ट्रिय क्रान्तिकारी माेर्चाले  जेष्ठ १६ गते  नक्कली शरणार्थी प्रकरण, बालुवा गिट्टी प्रकरणकाे बिराेध गर्ने

काठमाण्डौ। यही  २०८० जेठ ११ गते  काठमाडौंको बागबजारमा  राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक वसेको र त्यसले जेष्ठ १६ गते नक्कली भूटानी शरणार्थी प्रकरणकाे बिराेध गर्ने कार्यक्रम रहेकाे माेर्चाका संयाेजक नारायण शर्माले एक विज्ञप्ति मार्फत जनाएका छन। त्यस विज्ञप्तिमा भनिएको छ  नेपाल र नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित बिषय खाशगरी नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भारतीय दवावमा चुरे क्षेत्रका गिट्टी-बालुवा बिक्रीको नीतिबाट तराई र देशलाई नै मरुभूमिकरण गर्ने जस्ता विभिन्न गम्भीर, संवेदनशील र ज्वलन्त समस्याहरुलाई लिएर संघर्ष गर्ने बैठकले निर्णय लिएकाे छ ।

साे विज्ञप्तिमा  भनिएको छ - राज्यका उच्चपदस्थ नेतृत्व र व्यक्तित्वहरुबाटै गरे गराइएको बहुआयामिक हिसाबले देश र जनताकै बेइज्जति गर्ने सर्वाधिक गम्भीर र लज्जास्पद  भ्रस्टाचारजन्य कुकृत्यको रुपमा प्रकट भएको नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दालाई लिएर सशक्त विरोध, भण्डाफोर र खबर्दारी गर्नु पर्छ। यो मुद्दालाई सामान्य कीर्ते र ठगी मात्र नभएर आफ्नै देशका नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर विदेश (अमेरिका) मा बेचेर पैसा कुम्ल्याउने घोर देशद्रोह र  मानव बेचविखनकारी महाअपराध भएको ठहर गर्दै यस्को व्यापक भण्डाफोर गर्ने, यसमा संलग्न गिरफ्तार गरिएका वा फरार रहेका, पोल परेका वा नपरेका, ठुला वा साना, सत्तापक्षका वा विपक्षका, देशका वा विदेशका जोसुकै र जस्तासुकै   अपराधीहरुलाई पनि निस्पक्ष रुपमा तथ्य-प्रमाणका आधारमा अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कडाभन्दाकडा कार्वाही गर्न-गराउनको लागि सरकारसँग जोडदार माग गर्न माग गरिएको छ। माेर्चाकाे याे बिराेध प्रदर्शन जेष्ठ १६ गते २ बजे माइतिघर मणडलामाा हुने बताइएकाे छ ।