शनिबार, आश्विन १७ गते २०८३

मानब मस्तिष्क र  शरीर सम्बन्धको थप बैज्ञानिक खोज


जेठ ९, २०८० मंगलबार
मानब मस्तिष्क र  शरीर सम्बन्धको थप बैज्ञानिक खोज

वास्तबमाा मानब शरीर र मस्तिष्कका बीचको सम्वन्ध बारेमा हजारौं बर्षदेखि नै बिचारक, बिद्वान र बैज्ञानिकहरुको एउटा महत्वपूर्ण खोज अनुसन्धानको बिषय बन्दै अएको छ । इतिहास खोतल्दा अरिस्टोटलदेखि लिएर देकार्तसम्मले यस प्रश्नको उत्तर खोजी गर्न संघर्ष गरेको देखिन्छ । 
यस सम्वन्धमा गएको बुधबार अर्थात १९ अप्रिल २०२३ का दिन अनुसन्धानकर्ताहरुले बताएका छन् कि मस्तिष्कको एउटा हिस्सा जसलाई ‘मोटर कर्टेक्स’ भनिने गरिन्छ, त्यसले शरीरका सबै गतिबिधिहरुलाई नियन्त्रण गर्दछ, यो एउटा नेटवर्कसाँग जाोडिएको छ जसले योजना बनाउने, मस्तिष्कको उत्तेजना, दर्द र आन्तरिक अंगहरुको नियन्त्रण पनि यसमा सामेल छ । यसका साथै यसमा ब्लड प्रेसरस र मुटुको धडकन समेत समावेश रहेको बताइएको  छ।
किन अड्किने गर्दछन् मस्तिष्कमा गाँठाहरु 
अनुसन्धानकर्ताहरुले के पत्तो लगाएको कुरा प्रकाशमा ल्याएका छन् भने उनीहरुले एउटा यस्तो तन्त्र पत्तो लगाएका छन् जसका बारेमाा पहिला कुनै जानकारी थिएन । त्यस अनुसार मोटर कर्टेक्स कयौं गाठाहरुमा मोडिएको हुन्छ र ती मस्तिष्कको त्यस बीच भागमा हुने गर्दछन् जसको पहिलादेखि नै शरीरका उदाहरणका लागि हात खुट्टा र अनुहारका गतिबिधिहरुका लागि जिम्मेवार मानिन्छ । ती गाँठाहरु त्यतिबेला सक्रिय हुन्छन् जतिबेला शरीरका बेग्ला बेग्लै हिस्सालाई एकसाथ काम गर्नुपर्ने हुन्छ । 
सोमेटो कग्निशन एक्सन नेटवर्क अर्थात ‘स्क्यान’
 अनुसन्धानकर्ताहरुले यस तन्त्रलाई ‘सोमेटो कग्निशन एक्शन नेटवर्क’ या स्केन भन्ने संज्ञा दिएका छन् । तिनले यसको सम्वन्ध मस्तिष्कको ती हिस्सासँग जोडेका छन् जसले लक्ष निर्धारण गर्ने तथा कार्य योजना बनाउने भनेर जानिन्छन् ।
 बादरमा गरिएको खोजमा पनि यही  तन्त्तु मस्तिष्कका ती हिस्साहरुमाा पाइएको थियो जुन आन्तरिक अंगहरुसँग जोडिएको छ । यसमा पेट र एण्ड्रिनल ग्ल्याण्ड सामेल रहेको बताएको छ । तिनकै कारणले यी अंगका गतिबिधिहरुको स्तर कुनै खाश काम गर्ने अनुमानको आधारमा बद्लिने गर्ददछन् । यसबाट थाहा हुन्छ कि कुनै कठिन कामका बारेमा मात्र सोचेकै भरमा किन पसिना छुट्छ या मुटुको धडकन तीब्र हुन्छ । 
बच्चाको मस्तिष्क बर्बाद पारिरहेको छ अनलाइन पोर्नोग्राफीले 
 ‘मोटर कर्टेक्स’को सबैभन्दा बाहिर पत्र ‘सेरेब्रल कर्टेक्स’को भाग हो । सेण्ट लुईमा वाशिङ्गटन यूनिभर्सिटी अफ मेडिसिनमा रेडियोलोजीका प्रोफेसर इभान गोर्डन यस अनुसन्धानका प्रमुख लेखक हुन् । यो अनुसन्धानात्मक लेख नेचर भन्ने जर्नलमा छापिएको छ । गार्डनले के भनेका छन् भने ‘आधारभूतरुपमा  अब यो हामीले जान्दछौं कि मानिसको मोटर सिस्टम एक्लो छैन, यसको साटो हाम्रो मान्यता के छ भने दुइ बेग्लाबेग्लै तन्त्रहरु छन् जसले हाम्रा गतिबिधिहरुलाई नियन्त्रित तुल्याउँदछन् ।
 गार्डनका अनुसार ‘एउटा तन्त्र छ – हाम्रा बेग्ला बेग्लै गतिबिधिहरुका लागि जस्तो कि हात खुट्टा या अनुहारका सम्वन्धमा । यसले बोल्ने, लेख्ने र यस्तै गतिबिधिका लागि अहं भूमिका खेल्छ जसमा शरीरको केवल एउटा हिस्सा मात्र सामेल हुन्छ । एउटा अर्को प्रणाली ‘स्केन’ जुन बढी महत्वपूर्ण छ र पूरै शरीरका गतिबिधिहरुसँग सम्वन्धित छ, त्यो मस्तिष्कका ती भागहरुसँग जोडिएको हुन्छ जले उच्च दर्जाको योजनाहरु बनाउँदछ’ । 
नबोलिकनै रोगीको मस्तिष्कबाट बैज्ञानिकले पढे हजारौं शब्द
 वास्तवमा बैज्ञानिकहरुको यस खोजले शरीर र मस्तिष्कको सम्वन्धको खाका खिचिदिन्छ । वाशिङ्ग यूनिभर्सिटी अफ मेडिसिनमा न्यूरोलोजीका प्रोफेसर निको डोजेनबाख यस अनुसन्धाान प्रतिबेदनका बरिष्ठ लेखक हुन् । उनको के भनाइ छ भने ‘यस्तो लागिरहेको छ स्केन सिस्टमले वास्तबिक गतिबिधिहरु र शरीर बिज्ञानकासँग योजना बनाउँदछ, बिचार गर्दछ र प्रेरणा दिन्छ । यो शरीर र मस्तिष्क किन अलग छैनन् या तिनलाई अलग गर्न सकिदैन भन्ने तिनको तान्त्रिकीय ब्याख्या गर्दछ’ । 
 अनुसन्धानकर्ताहरु आधुनिक ‘ब्रेन इमेजिङ्ग’ प्रबिधिको उपयोग गरेर करीब ९ दशकभन्दा पहिला तयार पारिएको त्यस नक्शाको परीक्षण गर्ने तयारीमाा छन् । त्यो नक्शा यूरो–सर्जन वील्डर पेनफिल्डले तयार पारेका थिए जसमा मस्तिष्कका बिभिन्न हिस्साहरुका गतिबिधिहरु नियन्त्रण गर्ने खाका छ । उनको खोजले देखाएको छ कि पेनफील्डको नक्शामा त्यतिबेलाको प्रबिधिका कारणले केही कमी रहन गएको थियो जसमा केही परिबर्तन गर्नु आबश्यक छ । 
के काम हो मस्तिष्कको 
 स्केनेको पहिचान सात बयस्कहरुको मिहीन इमेजिङ्गको माध्यमबाट भयो जसमा मस्तिष्कको संगठनात्मक गुणहरुको परीक्षण गरियो । त्यसपछि ठूलो तथ्यांककासाथ यसको पुष्टी गरियो जतिबेला तिनलाई हजारौं बयस्कहरुसँग जोडियो । अनि यसपछि गहिरो इमेजिङ्गले स्केन सर्किटलाई ११ महिना र ९ बर्षका बच्चामा पहिचान गरियो । साथै के पनि हेरियो भने यो नबजात बच्चामा बनेको थिएन । यी खोजहरु सयकडौ नबजात बच्चाहरु र हजाराौ ९ बर्षका बच्चाहरुमा पुष्टी भयो ।
 बैज्ञानिक खोजकर्ताहरु भन्दछन् – ‘यस अनुसन्धानबाट कुन कुरालाई पनि बल मिल्न गयो भने मानिसको मस्तिष्कका बारेमा अझै अरु कति जान्न बाँकी छ । गार्डनको भनाई छ कि ‘बास्तवमा मस्तिष्कको उदेश्यलाई लिएर खुबै बहस हुने गर्दछ । केही न्यूरो साइन्टिस्टहरु सम्झिन्छन् कि मस्तिष्क एउटा अंग हो जसको प्राथमिक काम हो हाम्रो वरिपरीको संसारलाई बुझ्नु र त्यसको ब्याख्या गर्नु । अरुअरुले के मान्दछन् भने यो अंगले एकदमै राम्रो आउटपुट पैदा गर्नका लागि आमरुपमा शारिरीक गतिबिधिहरु जसबाट कि कुनै पनि परिस्थितिमा अस्तित्व र उत्पत्तिका लागि शारिरीक योग्यता पैदा हुने गर्न सकियोस्’। ‘
गर्डनको भनाइछ –‘सम्भवतः दुबै कुरा सही छन्, तर स्केनकाे निष्कर्श दोश्रो परिभाषाकासाथ बढी सही लाग्दछ, यसले पूरै शरीरका गतिबिधिहरुकाे लागि लक्ष र कार्य योजना तयार गर्दछ’।

बिभिन्न एजेन्सीहरूबाट