शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय सहकारी बैंकमा बढ्यो तरलता, एक महिनामा पुग्याे २४ बाट २७ प्रतिशत


जेठ ७, २०८० आइतबार
राष्ट्रिय सहकारी बैंकमा बढ्यो तरलता, एक महिनामा पुग्याे २४ बाट २७ प्रतिशत

 

चालु आर्थिक वर्षको बैशाख मसान्तमा राष्ट्रिय सहकारी बैंकमा २७।०७ प्रतिशत तरलता पुगेको । संस्थाले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार हाल बैंकसँग १२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ तरलतामा रहेको छ । चैत्र मसान्तसम्म बैंकमा २४।३८ प्रतिशत तरलता कायम थियो । 

बैशाख मसान्तसम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७३ रहेको छ भने कुल ऋणी सहकारी संघ तथासंस्थाको संख्या २ हजार ५२६ रहेको छ । यस अवधिमा सहकारी बैंकको ऋणीको संख्या बढेको पाइएको छ । चैत मसान्तसम्म उक्त ऋणीको संख्या २ हजार ५१७ रहेको थियो ।

बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

बैशाख मसान्तसम्म बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषको जम्मा रकम ६८ करोड र कुल सम्पत्ति ५४ अर्ब १८ करोड १९ लाख रुपैयाँ रहेको छ ।