शनिबार, आश्विन १७ गते २०८३

२१ विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान


जेठ ७, २०८० आइतबार
२१ विद्यालयका ४ सय ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान


 ललितपुर । लुनिभाः वाल सरोकार समुहले २१ विद्यालयका ४ सय ५० वालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरका शनिबार आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं–३ ख का प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले सामाग्री हस्तान्तरण  गरेका हुन्। 

 लुनिभाःको वार्षिक भेलामा २१ विद्यालयका ४ सय ५० गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाले वार्षिक भेला आयोजना गरी शैक्षिक सहायता कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री वितरण गरेको हो । 
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर प्रदेश सांसद महर्जनले वालवालिकाको शैक्षिक उन्नयनको लागि लुःनिभाःले उल्लेखनीय योगदान गरेको बताए  ।  विपन्न वालवालिकालाई सहयोग गर्नु सबैको कर्तब्य हो, लुनिभाले सो कर्तब्य पुरा गरेको छ उनले भने । २५ वर्ष अघि स्थापना भएको संस्थाले सयौ वालवालिकालाई गरेको सहयोग प्रशंसनीय रहेको  उनको भनाई छ ।

 प्रदेश सरकार र मेरो तर्फबाट संस्था र वालवालिकाको हितको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर  गरे ।
फरक प्रशंगमा उनले  आदर्श शौल युवक माविलाई प्रदेश सरकार र आफ्नो तर्फबट बजेट व्यवस्थापन गर्ने  बताए ।  आदर्श शौल कलेजका अध्यक्ष समेत रहेका  मर्हजनले  निकट भविश्यमै स्नातक र स्नात्तकोत्तर तह संञ्चालन गर्ने जानकारी दिए । खोकना,वुंगमती र भैसेपाटी लक्षित विद्यार्थीका लागि स्थापना गरेको सो विद्यालयमा सबै तहमा गरी करिब ३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । प्रदेश सांसद महर्जन सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  हुन । 

 कार्यक्रममा बोल्दै आदर्श शौल युवक माविका प्रअ ज्ञानभक्त महर्जनले लुनिभाले गरेको कामको प्रसंसा गर्दै यस किसिमको सहयोग निरन्तर जारी राख्नुपर्ने बताए । आर्थिक संकटको कारण अभिभावकलाई ठुलो समस्या परेको उल्लेख गर्दै त्यसको असर यो विद्यालयमा समेत परेको उल्लेख  गरे । शैक्षिक समाग्री मात्र नभै छात्रवृति कार्यक्रमलाई अघि बढाउन  उनले आग्रह गरे ।  कार्यक्रममा लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले संस्थाले मुलुकको दुर्गम जिल्लाका वालवालिका लक्षित कार्यक्रम संचालन जारी राखेको  बताए । उनले भने ‘हामीले गरिब, जेहेन्दार र आर्थिक अवस्था अत्यन्तै कमजोर विद्यार्थीलाई छात्रवृति दिएका छौ , उनीहरुलाई शैक्षिक समाग्री समेत हस्तान्तरण गरेका छौ । एसईई उतिर्ण करिब १ सय ५० बढी विद्यार्थीलाई छात्रवृति दिएको र  विद्यार्थी लक्षित कार्यक्रमलाई थप व्यवस्थित   गरेका छौं ’।

 लुनिभाका कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले २५ वर्षअघि स्थापना भएको संस्थाले सयौ वालवालिकाको शैक्षिक उन्नयनमा सहयोग जारी राखेको बताए । उनले भने‘हामीले दर्गम जिल्लाका वालवालिकालाई निःशुल्क पढाएका छौ, उनीहरुलाई शैक्षिक समाग्री वितरण गरेका छौ ’। सन् १९९७मा स्थापना भएको लनिभाले निरन्तर सहयोग जारी राखेको छ ।