शनिबार, आश्विन १७ गते २०८३

संयुक्त किसान संघर्ष समितिकाे प्रदेशस्तरीय भेला, प्रशिक्षण र समिति गठन


जेठ ४, २०८० बिहीबार
संयुक्त किसान संघर्ष समितिकाे प्रदेशस्तरीय भेला, प्रशिक्षण र समिति गठन

काठमाण्डौ । बिभिन्न कम्युनिष्ट पार्टी आवद्ध ६ किसान संगठनको बागमती प्रदेश स्तरीय एक दिने भेला र प्रशिक्षण कार्यक्रम आाज काठमाण्डौमा सम्पन्न भयो । अखिल नेपाल किसान महासंघका उपाध्यक्ष भरत फुयालको अध्यक्षतमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा  संयुक्त किसान संघर्ष समितिका नेताहरु अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघका नेता प्रमेश पोखरेल, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी) का नेता सीताराम तामाङ्ग, अखिल नेपाल किसान महासंघ(अप्फा)का  नेता भैरवराज रेग्मी, अखिल नेपाल प्रगतिशील किसान संघका नेता दुर्गा प्रसाद जैसी र अखिल नेपाल किसान महासंघ(कान्तिकारी केन्द्र) नेता नहेन खड्काले सम्बोधन गर्नु हुदै, नेपाली कृषि र  किसान  समस्या हल गर्न किसान आन्दोलन अनिबार्य रहेको कुरामा ब्यापक प्रकाश पार्नु भएको थियो ।

Kisanvelapragya.jpg
भेलाको अन्त्यमा  ६ किसान संगठनको प्रतिनिधिहरु रहेको २५ सदस्यीय बागमती प्रदेश संघर्ष समिति गठन  गरेकाे छ ।  भरतप्रसाद फुयाल संयाेजक रहनु भएको त्यस समितिमा सीमा रिजाल, दयालक्ष्मी श्रेष्ठ,साेमप्रसाद भण्डारी, दिवाकर न्याैपाने, बाबुलाल लेप्चन,रामप्रसाद बेलवासे,शेखरनाथ अचार्य, के.बी. घले,बेगम खड्का, दिनेश बिष्ट,देबीराम पाैडेल, सुरथ चौलागाई,गणेश रूपाली,रामप्रकाश ढकाल,सुजित मगर,डा. महेन्द्र जाेशी, नरेन्द्रबहादुर तण्डुकार,राेहित काेइराला, रामप्रसाद दाहाल, शिवहरि खनाल,हरिशरण बरूवाल,नारायण कुँवर र रामहरी सुबेदी रहनु भएकाे छ।  समितिले प्रदेश स्तरमा संघर्षका कार्यक्रमहरु तय गर्ने, प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी र स्थनीय तहमा समेत ज्ञापन पत्र दिएर प्रथम चरणमा किसान र कृषिका समस्या जन समक्ष पुर्याउने र प्रचार प्रसार गर्ने  कार्यक्रम गर्ने म्याण्डेट भेलाल दिएको  छ।

kisanvela2.jpg
यो कार्यक्रमको सञ्चालन किसान नेता शिबहरि खनाल र स्वागत किसान नेतृ गंगदेवी राईले गर्नु भएको थियो । कार्यक्रमकाे आरम्भमा नेपाली किसान तथा जनवादी आन्दोलनका बीर अमर शहीदहरुप्रति १ मिनेट माैनधारणा गरिनुकासाथै राष्ट्रिय गान पनि गाइएको थियो ।