
इन्दु ज्ञवाली घिमिरे
कठै मेरो देश आज पर्यो भुमरीमा
विश्व सामु नेपालको शीर हुन्डरीमा
जनताको आँखाबाट आँसु तररर
भ्रष्टाचारको खेती हजुर सधै हररर
कति निष्ठुर रैछन् हरे, बेच्ने नागरिक
शरणार्थी बनाउने रैछ जागिर त
पैसा जति कुम्ल्याउने भित्रभित्रै सेटिङ
प्रमाणहरू मेटाउन कागज नै मेटिङ्
लाज सरम पचाएका नेतै जब्बरसाॅढा
जनतामा सुशासन रैछ धेरै टाढा
गरी खान, काम छैन विदेशको आस
त्यही आस गर्दा गर्दै भयो सत्य नाश
काठमाडौं
साभार : इन्दु घिमिरेको मुहारपुस्तिका
नेपालपत्र संवाददाता