शनिबार, आश्विन १७ गते २०८३

भूटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका टाेपबहादुर रायमाझी पनि पक्राउ


बैशाख ३१, २०८० आइतबार
भूटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका टाेपबहादुर रायमाझी पनि पक्राउ

काठमाडौं । नक्कली भूटाानी शरणार्थीको ठगी र  भ्रष्टाचारको आरोप लागे  नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आाज पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेको बताइएको छ ।

रायमाझीका विरुद्ध जिल्ला अदालत काठमाडौंबाटै  पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा रहेको बताइएको थियो । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी बीचैबाट फरार रहेको बताइएको थियो । 

पूर्ब मन्त्री समेत रहेका रायमाझीले आफु बिमाारी परेको सूचना संसदलाई दिएको कुरा पनि प्रकाशमा आएकाे थियो । उनी केही समय भैरहवामा बसेर काठमाण्डौ आएका उनीमाथि भूटानी शरणार्थीहरुको नक्कली परिचय पत्र बनाएर नेपाालीहरुलाई अमेरिका पठाउने गरेको गम्भीर प्रकारको ठगी र भ्रष्टाचारको आरोप लागेको छ ।