नेपाल कम्युनिष्ट पार्टी लगायत राष्ट्रिय क्रान्तिकारी मोर्चामा आवद्ध बिभिन्न घटकहरुले आज माइतीघर मण्डलामा नक्कली भूटानी शरणार्थी लगायतका देशद्रोही अपराधीहरुका बिरुद्ध कडा कारबाहको माग गर्दै डेढ घण्टा धर्ना कार्यक्रमकासाथ सरकारलाई टालटुल गर्ने हाेइन, भ्रष्टाचारी र मानब तस्करीहरुलाई कडा कारबाही गर्न मााग गरे । उनीअरुले दण्डहीनतालाई अन्त्य गर, अपराधीलाई जोगाउने प्रपञ्च नगर, भ्रष्टचारीको सम्पत्ति जफत गर, ठगीमाा परेका पीडितहरुको सम्पत्ति फिर्ता गराउ लगायतका नारा लगाएका थिए । उनीहरुले संयुक्त प्रेस बिज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीबिकासँग सम्वन्धि देश र जनताका अन्य जल्दाबल्दा समस्याहरु पनि उठाएका छन् । तर जबसम्म भ्रष्टाचर समाप्त गरिदैन देश र जनता त्यसबाट कमजोर हुन्छन् । बाह्य हस्तक्षेप झन बढेर जान्छ । तसर्थ यो भ्रष्टाचार र मानब तस्करीका बिरुद्ध संघर्ष जारी राख्नु पर्ने र अझ ब्यापक बनाउनु पर्ने कुरामा उनीहरूले बिशेष दिएका छन् ।

कार्यक्रममा मार्क्सबादी एकता अभियानका संयोजक डा. शम्भू कट्टेलले प्रेस बक्तब्य पढेर सुनाइएका थिए भने धर्ना र बिरोध कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले आन्दोलनकारी सम्पूर्णका तर्फबाट बोल्नुहुँदै भ्रष्टचारकाे चरम बिगबिगीका बिरुद्ध सशक्त आन्दोलन नउठाउने र खबरदारी नगर्ने हो भने देश र जनता रसातलमा पुग्ने, बाह्य हस्तक्षेप अझ बढेर जाने र नेपालको अस्तित्व नै ठूलो संकटमा पर्ने गम्भीर कुरा उठाउदै भ्रष्टचारीलाई कसैको दबाव र प्रभावमा नपरी कडा कारबाही गर्न र जनता तथा राष्ट्रको सम्पत्ति हिनामिन गर्न नदिन जनता निरन्तर जागरुप र संघर्षशील हुनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी(रातोतारा) नेपाल कम्युनिष्ट पार्टी २००६, राष्ट्रिय क्रान्तिकारी मोर्चा , मार्क्सबादी एकता अभियान, प्रगतिशील रुपान्तरण आन्दोलन, बिकृति बिसंगति बिरुद्ध अभियान, राष्ट्रिय सरोकार अभियान, जय जवान जय किसान अभियानका नेता तथा कार्यकर्ता सम्मिलित रहेका थिए ।
नेपालपत्र संवाददाता