बुधबार, भाद्र ३ गते २०८३

महिलाहरुको बिग्रदो स्थिति बारे संयुक्त राष्ट्र संघको चिन्ता 


बैशाख ३०, २०८० शनिबार
महिलाहरुको बिग्रदो स्थिति बारे संयुक्त राष्ट्र संघको चिन्ता 


संयुक्त राष्ट्र संघले  अन्तर्राष्ट्रीय समुदायसाँग  महिला समुदायो जीवन, स्वास्थ्य र  अधिकारहरुको रक्षाक ालगि ठोस कदम उठाउन आह्वान गरेको छ  । अधिकारीहरुले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदलाई बताएका छन् कि महिलाइहरु युद्ध र संघर्षको पहिला शिकार हुन्छन् तर कूटनीतिक बार्ताहरुमा उनीहरुलाई बहुतै कम प्रतिनिधित्व दिइने गरिन्छ । उनीहरुले अन्तर्राष्ट्रिय समुदायासँग महिलाकका अधिकारहरुको रक्षाका लागि थप उपाय गर्न आग्रह गरेकाछन् ।
 यो बिषय अन्तर्राष्ट्रिय महिला दिवसकोा अवसरमा संयुक्त राष्ट–महिला कार्यकारी निर्देशकसीमा बहाउसले बिश्व समुदायासँग बिश्वभरीका महिलााहरुको जीवन, स्वास्थ्य र  अधिकारहरुकाकको रक्षाका लागि अझ बढी प्रयास गर्नु पर्ने आवश्यकता रहेको उल्लेखगरिन् ।
                                                                                        महिलाहरुको सहभागितामा कमी 

Women.jpg
संयुक्त राष्ट्र सुरक्षा परिषदमा महिला, शान्ति र सुरक्षाका बिषयको एउटा छलफलाई सम्बोधन गर्दै बहाउसले भनिन् –‘हामीले स्मरण गर्नु पर्दछ कि हामीले न त शान्ति बार्ताको मेचमा बसेका मानिसरुमा कुनै खाश परिबर्तन गरेका छौं न त मानिसहरुको उपचारमा नै कुनै परिबर्तन गरेका छैं । न महिला तथा किशोरी बिरुद्ध अत्याचार गर्ने अपराधीरुलई सजाय पनि  दिलाउन सकेका  छौं’ । 
 यूएनले अफगानिस्तानमा ‘लैंगिक भेदभाव’को उल्लेख गर्दै भनिन् कि अगष्ट २०२१ म तालिबान सत्तामा आए यतादेखि महिलाहरुलाई सार्बजनिक जीवनबाट बाहिर राखिएको छ । बिश्वबिद्यालयहरु, पार्कहरु र नोकरीरुबाट महिलाहरुलाई हटाइएको छ । उनले भनेकी छन् –‘अफगानिस्तान महिलाहरुका अधिकारहरुमाथि प्रतिबन्ध लगाउने सबैभन्दा चरम उदाहरणहरुमध्येमाा एउटा देश हो तर यसो गर्ने एक मात्र देश भने होइन’ ।
शान्ति नै समाधान हो 
यस सम्बन्धमा उनले थप भनेकी छन् भने यूक्रेन–रुस युद्धले गर्दा यूक्रेनका जुन ८० लाख मानिसहरुले देश छोड्न बाध्य हुनुपरेको छ तीमध्ये ९० प्रतिशत महिला र बच्चाहरु नै छन् जबकि यूक्रेनमा लाखौं बिस्थापित मानिसहरुमा लगभग ७० प्रतिशत महिला र किशोरीहरु मात्र छन् ।


 कार्यकारी निर्देशक बहाउसले भनेकी छन् ‘यस प्रकृयामाा  महिलारुलाई सामेल गर्नुका साथै शान्ति नै एकमात्र समाधान हो’ । उनले बिश्व नेताहरुलाई बर्ष २००० मा अपनाइएको ऐतिहासिक संयुक्त  राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव अनुरुप काम गर्न आग्रह गरिन् जुन प्रस्तावमा संघर्ष रोकथाम र  समाानमा महिलाहरुको भूमिकाका बारेमा प्रकाश पारिएको छ ।
 संयुक्त राष्ट्र संघमा अमेरिी राजदूत लिण्डा थोमस ग्रीनफिल्डले पनि यस्तै भावना ब्यक्त गरिन् । उनले भनिन् –‘म बिश्व भरमा ईरान, अफगानिस्तान, यूक्रेनको रुसले कब्जा गरेको क्षेत्र र बिश्वका अरु बिभिन्न स्थानमा हुने गरेका हिंसा  र उत्पीडन तर्फ ध्यान अकर्षित गर्दछु’ । 
 लैंगिक समानताको सपना कहिले पूरा होला ?
यसभन्दा पहिला संयुक्त राष्ट्र संघका महासचिव अन्तोनिया गुत्तेरसले छलफलको आरम्भ गर्दै चेतावनीको स्वरमा भनेका थिए कि महिलाहरुका अधिकारहरुमाथि बिश्व प्रगति ‘हाम्रो आँखाको सामुबाटै गायब भइरहेका छन् र लैंगिक समानताको मायावी लक्ष प्राप्त गर्नमा अझ प्रगति भइरहेको छ’ उनीहरुले के पनि भनेका छन् भने लैंगिक समानता हासिल गर्नमा तीन शताब्दी लाग्नेछ । उनले थप भनेका छन् –‘पूरै बिश्वमा महिलहरुका अधिकारहरुको शोषण भइरहेको छ र उनीहरुका अधिकार कुल्चिएका छन्’ । 
 यस सम्बन्धमा महासचिव गुत्तेरसले भनेका छन् कि दशकौं लगाएर प्राप्त भएको प्रगति हाम्रो आँखैका अगाडिबाट ओझेलमा परिरहेको छ । यस सम्बन्धमा उनले बिशेषरुपमा तालिबान शासित अफगानिस्तानमा गम्भीर स्थितिका बारेमा  प्रकाश पार्दै भनेका छन् – जहाँ ‘महिला र किशोरीहरु सार्बजनिक जीवनबाट बेपत्ता भएका छन्’ ।
 यद्यपि यस सम्बन्धमा उनले अरु देशको भने नाम लिएनन् तर के कुरामा बिशेष जोड दिए भने ‘बिभिन्न ठाउँहरुमाा महिलाहरुको यौनिक र प्रजनन अधिकारहरुलाई फिर्ता लिइदै गरेको छ र कतिपय देशहरुमाा स्कूल जाने बालिका या किशोरीरुलाई अपहरण गर्ने गरिन्छ र उनीहरुमाथि हमलाको सामना गर्नुपर्नेे जोखिम हुन्छ’ । 
यसका साथै उनले भनेका छन् –‘सदीयौंदेखि पितृसत्ता, भेदभाव र हानीकारक रुढीहरुले बिज्ञान र प्रबिधिमा एउटा ठूलो लैंगिक अन्तर पैदा गरेको छ’ । उनले बिश्वभरीका सरकारहरु, नागरिक समाज र नीजी क्षोत्रबाट लिंग–केन्द्रित शिक्षा प्रदान गर्ने, कौशल प्रशिक्षणमा सुधार गर्ने र  डिजिटल लिंग बिभेदलाई पाट्ने बिषयमा बढी लगानी गर्नका लागि सामुहीक प्रयास गर्न आह्वान पनि गरेका छन् ।

बिभिन्न श्राेत