शनिबार, आश्विन १७ गते २०८३

'जिउँदा शहीद' मुकेश कायस्थकाे ३२ बर्षकाे उमेरमा निधन


बैशाख २८, २०८० बिहीबार
'जिउँदा शहीद'  मुकेश कायस्थकाे ३२ बर्षकाे उमेरमा निधन

काभ्रे।

२०६/६३ दोस्रो जनआन्दोलनमा घाइते भएर ‘जिउदो शहीद’ को जीवन बाँचिरहेका मुकेश कायस्थको निधन भएको छ । उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा हिजो बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको हो ।

कायस्थलाई २०६२/६३ को १९ दिने जनआन्दोलनको क्रममा २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।

त्यही गोलीकाण्डमा परेका कारण उनलाई पक्षघात भएकोले उनी त्यसयता हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र बालकै  थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश कायस्थ गोली लागेको १७ बर्ष लाग्दा पनि अर्धचेतकै अबस्थामाा रहे ।

यी जिउँदा शहीको उपचारका लािग सरकारले मासिक १५ हजार, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । ‘जिउँदो शहिद’ कायस्थको आज बिहीवार अन्तिम संस्कार गरिने बताइएको छ  ।

देहाबसान भएका ती जिउँदा शहीद लगायत सबै शहादत प्राप्त गरेका बीर अमर शहीदरुहको सपना साकार हुन सकेको छैन । उल्टै अनेक बिकृति र बिसंगतिहरुले मुलुक र जनतलाई गाँजेको दुःखद अबस्था देशमा बिद्यमान छ । यस्ताे अबस्था फेर्न सकेमाा मात्र शहीदहरूकाे शहादतकाे उच्च सम्मान हुनसक्छ ।