एक बक्तब्य प्रकाशित गर्दै हिजाे ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई), नेपालले ‘पाँच वर्षपछि भ्रष्टाचार मुद्दा नलाग्ने’ कानून बनाउन नहुने भन्ने कुरामा बिशेषा जोड दिएको छ।
संसद्मा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार नियन्त्रण ऐन संशोधन विधेयकमा राखिएको ‘थाहा पाएको मितिले पाँच वर्षभित्र’ मुद्दा चलाउनुपर्ने, हदम्याद हटाउनुपर्ने टीआई नेपालको माग छ। यस्तो व्यवस्था गर्दा भ्रष्टाचारी उम्किने गल्छेंडा बन्ने टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्ता ‘विधेयकहरूले त्यस्ता भ्रष्टाचारीलाई उन्मुक्ति दिने थप गल्छेंडाहरूको सृजना नगरोस् भन्नेतर्फ टीआई नेपाल समग्र सांसदहरू तथा सार्वभौम संसद्को विशेष ध्यानाकर्षण गराउन चाहन्छ,’ अध्यक्ष प्रधानाङ्गले उल्लेख गरेकी छन्।
नेपालपत्र संवाददाता