शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंकले ल्यायो ढुक्क बचत खाता, उच्चतम ब्याजदर र ३ वटा बीमा सुविधा


बैशाख २५, २०८० सोमबार
नबिल बैंकले ल्यायो ढुक्क बचत खाता, उच्चतम ब्याजदर र ३ वटा बीमा सुविधा

 

नबिल बैंक लिमिटेडले नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। आकर्षक सुविधासहित उच्चतम ब्याजदर र तीनवटा बिमा सुविधासहितको बचत योजना ल्याएको बैंकले जनाएको छ । याे बचत खातामा ग्राहकले ७.४० प्रतिशत ब्याजदर पाउने छन् । 

ढुक्क बचत खातामा आवद्ध हुने ग्राहकले औषधोपचार बिमाबापत एक लाख रुपैयाँ, दुर्घटना बिमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमाबापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् ।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा पाँचपटकसम्म अरू बैंकको एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै, लकरको सुविधा पनि रहेको यस खातामा लकर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षदेखि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। नबिल ढुक्क बचत खाता खोल्नका लागि भने ग्राहकले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्ने बैंकले जनाएकाे छ ।