शनिबार, आश्विन १७ गते २०८३

कृष्णनगर किन बन्दै गयाे झनपछि झन कुरूप ?

श्रावण ३२, २०७८ सोमबार
कृष्णनगर किन बन्दै गयाे झनपछि झन कुरूप ?


शहबाज खान/कपिलवस्तु
कृष्णनगर नगरपालिका कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा २०६८ को गणनानुसार ६२ हजार भन्दा बढ़ी जनसंख्या छ र याे र २१.०५ किमी२(८.१३ वर्ग माइल )मा फैलिएको क्षेत्र छ।
कृष्णनगर ठूलाे बजार रहेको ठाउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।कृष्णनगर नगरपालिका तथा विजयनगर गाउपलिका मध्ये सब भन्दा ठूलो बजारको रुपमा कृष्णनगरलाई नै मानिन्छ । कृष्णनगर बजारको दक्षिणमा मित्रराष्ट् भारतको उत्तर प्रदेश जिल्ला सिद्धार्थनगरको बढ़नी बाजार पनि रहेको छ र कृष्णनगरमा ठूलै भन्सार कार्यलय रहेकोछ । भारतीय बजार पनि नजिकै भएकाले  नेपालका भित्री भागबाट नेपालीहरु सरसमान किनमेल गर्नाको लागि अधिकांश कृष्णनगरमा नै आउछन् तर  दुर्भाग्य छ कि कृष्णनगर बाजार अव्यबस्थित  र एकदमै दुर्गन्धित छ ।  बाजार भित्रका सड़क नालीहरु जिर्ण अवस्थामा पुगेको कारणले कृष्णानगर कुरुप बन्दै गएको छ। कृष्णानगरलाई कुरुप बनाउनमा कृष्णनगरकै राजनितीक तथा व्यापारिक व्यक्तिहरुको हात रहेको आरोप प्रत्यारोप लाग्दै आएको छ।  २०३५-०३६ साल पंचायतकाल का प्रधान सरदार मेहर सिंहले आफ्नो कार्यकालमा कृष्णनगर बजार भित्रा रहेका सडकहरुलाई पहिलो पटक कालो पत्र गरेका थिए र दोस्रो पटकमा प्रधान कैलाश चन्द्र अग्रवालले कालोपत्र भएका सडकहरुमा केही मर्मत तथा सडकको दुबै तिर नालीको निर्माण गरि कृष्णनगरलाई केही ब्यबस्थित  बनाएका थिए। २०३५-०३६ मा बनेको कृष्णनगर ब्यबस्थित सरसफाई र सुन्दर शान्त हुदा भारतका विभिन्न शहर तथा ग्रामीण क्षेत्रका जनता  कृष्णनगरमा घुम्न आउथे र यहाका व्यापारीहरुको व्यापार उच्चस्तरमा चल्दै रहेकाे स्थानिय जानकारहरु बताउछन्।

kapilwastu2.jpg

पंचायतकालका ति दुई महानुभावहरूले बनाएको कृष्णनगरमाथि आजका जनप्रतिनिधिहरुले राजमात्रै गरेकाे चर्चा यत्रतत्र सुिनन्छ ।
 शहरी क्षेत्रमा रहेको नाममा जनतासंग महंगों राजस्व संकलन गरि आ आफ्नो स्वार्थ सिद्ध गर्न बाहेक आजसम्म केही खास गरेको छैन। उहाहरुले बनाएको सड़क नालीमा पछिका जनप्रतिनिधिहरुले मर्मत सम्भार नगर्दा आजको दिनमा कृष्णनगर बाजारले पोखरीको रुप लिइ सकेको छ। जनताको घरमा पानी भरि सकेको छ खाना पकाउने सुत्ने ठाउ समेत बचेको छैन । पानी भरिएको घरभित्र आफ्ना बाल बच्चाको साथमा रहना बाध्य भयेका छन् सर्ब साधारण । घरभित्र रहेको खाद्यान्न पानीले भिजी सकेको या भिजिरहेकाे छ ।  कोरोना भाइरसको कारणले जनता बेरोजगार भएर घर बसेका छन्। रोजगार छैन घरमा राखेको खाद्यान्न भिजी सकेको छ। अब ती गरीब जनताको छाक कसरी टर्ला भन्ने गम्भीर प्रश्न उठि रहेको छ‌।घरमा पानी भरिएको दि देखि आज सम्मा कोई जनप्रतिनिधिहरुले दुखी परिवारहरुलाई हेर्ना व उनीहरुको लागि केही पहल पनि गरेको छैन्।
संघीय सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले आफ्नो कार्यकालमा कृष्णनगर बजार भित्र रहेको सड़क नाली बनाई सरसफाईका साथ सुन्दर शान्त किन बनाउन सकेनन् ❓
कृष्णनगरका जनताले चुनावमा आफ्नो मत दिई बिकासशील जनप्रतिनिधिहरुलाई चुनेर संघीय प्रदेश तथा स्थानिय सरकारमा पठाएको थियो जनताले आफ्नो हकहित तथा अधिकार पाउनको लागि ।  तर जनताको सपना अधूरो गरेर जनता लाई धोका दिनेकाम मात्रै भएको देखा परि रहेको छ। कृष्णनगरलाई पछाडि पार्नको मूख्य कारण के के हुन सक्छन्  ?
६२ हजार जनसंख्या भको नगरपालिकामा क्याम्पसको अभाव 
व्यबस्थित अस्पतालको अभाव 
ठूलो चर्चित बजार तथा ठूलो भन्सार नाका कृष्णनगरमा बसपार्कको अभाव
समुदायिक विद्यालयहरुमा गुणस्तरहीन शिक्षा 
स-साना व्यापारीहरुको बजार ब्यबस्थापनकाे अभाव    
 कृष्णनगरले पाएको जन प्रतिनिधिहरूकाे कुरा गर्ने हाे भने प्रकार छन् 
 १:-संघीय सभा सदस्य माननीय अभिषेक प्रताप शाह (हाल‌ नेपाली कांग्रेसबाट निर्वाचित)
२ पटक संघीय समाजवादी फोरम‌ बाट निर्वाचित 
 एक पटक २०६२ सालमा राप्रपा बाट मनोनित 
२:-लुम्बिनी प्रदेश सभा सदस्य माननीय विरेन्द्र कानोड़िया (नेपाली कांग्रेसबाट निर्वाचित)तथा  पूर्वराज्य कृषिमंत्री
३:-हाल कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप     शाह (स्वतन्त्र)
४:- हाल कृष्णानगर नगरपालिका उपप्रमुख शबनम     खातुन (माओवादी केन्द्र)
 ५:-पूर्व कृषि मंत्री अकबाल अहमद शाह राजपाबाट  मनोनित 
६:-पूर्व कृषि मंत्री स्वा. रघुवेन्द्र प्रताप शाह
७:-पूर्व मंत्री स्वा.मिर्जा दिलशाद बेग
सुन्दरता, सभ्यता र सँस्कृतिका लाागि कसैले चिन्ता र चासाे लिएनन् । जनता सधै मारमा ।