काठमाडौं । पछिल्लाो राजनीतिक घट्नाक्रम अनुसार संसदमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने स्थिति सिर्जना हुने देखिन्छ । प्रचण्डले यसअघि नै दोहो¥याएर विश्वासको मत लिएकामा तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अबस्था आउनसक्ने देखिन्छ ।
बर्तमान संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था रहेको छ ।
त्यस अनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो ।
यदि रास्वपाको समर्थन फिर्ताका बीच पनि प्रचण्ड नेतृत्वको बर्तमान सरकारसँग बहुमत कायमै रहेको छ ।
यसमा रास्वपाबाहेक नै हाल सरकारको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसद छन् ।
जसअनुसार प्रचण्डको पक्षमा १५८ सांसद पुग्ने देखिन्छ । जबकि प्रतिनिधिसभामा विश्वासको मत पाउन १३८ सांसद भए पुग्छ ।
नेपालपत्र संवाददाता