शनिबार, आश्विन १७ गते २०८३

घरकाे जग खन्ने क्रममा ढिस्काेले पुरिदा फिक्कलमा ४ भारतीय मजदुरकाे निधन


बैशाख २२, २०८० शुक्रबार
घरकाे जग खन्ने क्रममा ढिस्काेले पुरिदा  फिक्कलमा ४ भारतीय मजदुरकाे निधन

फिक्कल, इलाम । इलामको सूर्योदय नगरपालिका – १० साँझपख घर बनाउन जग खन्दै गरेका चार जना मजदुरहरू ढिस्कोले पुरिएका छन् । उनीहरुको निधन भएको दुःखद खबर प्राप्त भएको छ । पुरिएका मजदुरहरुलाई उद्धार गर्न प्रहरी, सशस्त्र प्रहरी स्थानीय जन प्रतिनिधि र फिक्कल र बर्बोटेका स्थानीय बासिन्दाहरुले स्काभेटर प्रयोग गरेको भएपनि पुरिएका कुनै पनि मजदुर जीवित नरहेको जनाइएको छ । मृत्यू हुनेमा १८ देखी २० वर्ष उमेर समूहका बिहार  किसानगन्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ ।