शनिबार, आश्विन १७ गते २०८३

१० प्रतिशत ब्याजदरमा बचतपत्र विक्री गर्दै राष्ट्र बैंक


बैशाख २२, २०८० शुक्रबार
१० प्रतिशत ब्याजदरमा बचतपत्र विक्री गर्दै राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने सूचना गरेको हो । यस बचतपत्र ६र६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । 

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । सो बचतपत्रमा नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र २०८० जेठ ३० गते निष्काशन गरी २०८५ जेठ ३० गते परिपक्व हुनेछ ।