शनिबार, आश्विन १७ गते २०८३

मिटर ब्याज सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी, पीडितले मुक्ति पाउने अपेक्षा


बैशाख २०, २०८० बुधबार
मिटर ब्याज सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी, पीडितले मुक्ति पाउने अपेक्षा

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन् ।

उक्त अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ ।

यस सम्बन्धमा राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिए ।

याे अध्‍यादेश जारी भए पछि मीटर ब्याजे अपराधमा परेका गरीब किसानहरूले मुक्ति पाउन् भन्ने उदेश्यले यसकाे सही ढंगले प्रभावकाारी कार्यान्वयन गरेर पीडित किसानहररूलाई मुक्त गर्ने जुन अपेक्षा जन साधारणले त्याे सार्थक रहाेस् ।