
सन्ताेषकुमार पाेखरले
काठमाण्डौ I नेपालका अन्तर्राष्ट्रिय बहुभाषी कवि सन्तोष कुमार पोखरेलको पाँचौ काव्य कृति The War& Other Poems १ मई २०२३ का दिन मिनभवन काठमाण्डौको थाहा पुस्तकालयमा लोकार्पण गरियाे I पाटन संयुक्त क्याम्पसका अंग्रेजी बिभाग प्रमुख प्राध्यापक डाक्टर सञ्जय मिश्रको सभापतित्व र त्रिभुवन विश्वविद्यालय अंग्रेजी बिभाग प्रमुख प्राध्यापक डाक्टर जीवलाल सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त लोकार्पण समारोहमा पाटन संयुक्त क्याम्पस अंग्रेजी विभागका प्राध्यापक डाक्टर राजन प्रसाद पोखरेल र त्रिभुवन विश्वविद्यालय अंग्रेजी बिभागका प्राध्यापक महेश पौडेलले सारगर्भित पुस्तक समीक्षा गरेका थिए I प्राध्यापक द्वयले कवि पोखारेलका कविताका सबल र कमजोर पक्षमाथि प्रकाश पारेका थिए I प्राध्यापक जीव लालको काव्य विषयक गहन सम्भाषण र प्राध्यापक सञ्जय मिश्रको पुस्तकमाथिको विवेचनात्मक प्रस्तुतिले श्रोताको मन मोहित गरेको थियो Iकवि पोखरेलले समीक्षकका टिप्पणीका जवाफमा आफ्ना कुराहरू थप प्रस्ट्याएका थिए I The War & Other Poems पुस्तकबाट मन्दा पौडेल र सत्यराज जोशीले कविता वाचन पनि गरेका थिए I

उक्त नितान्त साहित्यिक भेलामा पाटन संयुक्त क्याम्पसका अंग्रेजी बिभाग प्रमुख प्राध्यापक डाक्टर सञ्जय मिश्रले कवि पोखरेलका कविताहरूमाथि आफ्ना विचार राख्दै यस पुस्तकका कविताहरू अंग्रेजीको कोर्समा राखिदिन त्रिभुवन विश्वविद्यालय अंग्रेजी बिभाग प्रमुख प्राध्यापक डाक्टर जीव लाल सापकोटालाई सिफारिश गरेका थिए I कवि सन्तोष कुमार पोखरेल नेपालका अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त नेपालका यस्ता कवि हुनुहुन्छ जो रसियाबाट आन्तोंचेखोव अन्तरराष्ट्रिय पुरस्कार, विश्वका दश देशहरूबाट Golden Writer of the World, चीन बाट The Best International Poet Award र अरू तीन दर्जनभन्दा बढी अन्तरराष्ट्रिय पुरस्कारहरूबाट सम्मानित बनेक छन्छ I पोखरेल चार भाषामा लेख्ने गर्दछन् I यो पुस्तक ९७ वटा अंग्रेजी कविताको संग्रह हो जसका ३० भन्दाबढी कविताहरू विश्वका धेरै भाषाहरूमा अनुवादित भैसकेका छन् I विषय वस्तुका आधारमा पाँच भागमा विभक्त यस पुस्तकमा कविका ९७ वटा अग्रेजी कविताहरू संग्रहित छन् I
हाल यो पुस्तक पाइने स्थान:
रत्नपुस्तक माइतीघर, मण्डला र रत्नपुस्तक बाग बजार, मण्डला पुस्तक-पसल जमल र एकता पुस्तक, थापाथली I भक्तपुरमा पल्पसा पुस्तक पसल गट्ठाघर I
नेपालपत्र संवाददाता