काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका बिभिन्न खेमा निकट छ किसान संगठनले प्रधानमन्त्री पुष्कमल दाहाल‘प्रचण्ड’ लाई आज ६५ बुँदै ज्ञापनपत्र बुझाएका छन् । दिउसाे २ बजे सिंहदरबार पुगेर उनीहरुले किसानका ती मागहरू पूरा गर्न जाेडदार माग गर्दै ज्ञापनपत्र ब बुझाएका हुन् ।
त्यस अवसरमा किसान संगठनका पदाधिकारीहरुको भेटमा प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताए ।उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको प्रचण्डले बताए ।
‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ। तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको उनको भनाई रहेकाे थियाे । प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै भएको उनले बताए । नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले यसलाई व्यवस्थित बनाउन आफू लागिरहेको पनि उनले भने ।
मागपत्रमा किसानका माग पूरा नगरिए राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जनजीबिकाका समस्या पनि समाधान नहुने भएकाले देश र जनतालाई सबल र सुदृढ तुल्यााउन कृषि र किसानका न्यायाेचित, सामयिक र यी आधारभूत मागहरू पूरा गरिनै पर्दछ भन्ने कुरामा जाेड दिइएकाे छ ।
नेपालपत्र संवाददाता