काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेकाे समचार छ। तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार हिजाे सार्वजनिक भएको हो । राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको हाे ।
यसैगरी अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ । बितेकाे दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा परेकाे बताइएकाे थयाे ।
बिद्राेही तालिवानले भने शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको समाचार छ । उसले सबै अफगानीहरू समावेशी रहेकाे सरकार चाहेको जनाएको छ ।

बृटिश पत्रिका द गार्जियनले लेखेअनुसार बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता सुहाइल शाहीनले 'आफूहरुले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा रहेको' बताएका छन् । उनले तालिवानले इस्लामिक सरकार चाहेको पनि बताएका छन् ।
प्रबक्ता शाहीनले तालिवानले महिलाहरूको सम्मान गर्ने बताए । उनका अनुसार महिलाहरूलाई शिक्षा र काममा पहुँच हुनेछ । उनीहरूले हिजाब लगाउन पाउनेछन् । उनले कसैले पनि देश छाड्नु नपर्ने, आफूलाई सबै सक्षम व्यक्तिहरू चाहिएको र सबै दशमै बसेर सहभागी होऊन् भन्ने चाहेको पनि बताएका छन् ।