शनिबार, आश्विन १७ गते २०८३

अफगानिस्तानमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने, बिदेशी नागरिकले आफ्नो देश फर्कन पाउने

श्रावण ३१, २०७८ आइतबार
अफगानिस्तानमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने, बिदेशी नागरिकले आफ्नो देश फर्कन पाउने

काबुल । यतिबेला तालिबानले काबुललाई चारैतिरबाट घेरेको समाचारहरू बिदेशी समाचार एजेन्सीहरूबाट  प्रसारित भइरहेका छन् ।  राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले नै सत्ता हस्तान्तरण गर्ने तयारी गरेको बताइदै छ ।  

अफगानी  कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताएका छन् । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गरेको छ । 

अर्काेतिर  तालिबानका प्रवक्ताले लडाकूहरुलाई उत्सवमा गोली हान्न नदिने बताएका छन् । उनले प्नष्ट भनेका छन् कि अफगान सेनाहरुलाई आफ्नो घर फर्कन अनुमति दिइने छ ।

तालिबानहरूले विमानस्थल र अस्पताल संचालन तथा आपतकालीन आपूर्ति जारी रहने बताएको छ । विदेशी नागरिकहरुलाई पनि के भनिएको छ भने यदि उनीहरु आफ्नो देश फर्कन चाहन्छन् भने उनीहरु फर्कन सक्छन् र यदि उनीहरु अफगानिस्तानमा रहन चाहन्छन्, उनीहरुलाई तालिबानसमक्ष उनीहरूकाे उपस्थिति दर्ता गर्नु पर्नेछ ।