शनिबार, आश्विन १७ गते २०८३

इलाममा एमाले अध्यक्ष ओलीविरुद्ध पहिचानबादीहरुको बिरोध र कालो झन्डा प्रदर्शन, २१ जना गिरफ्तार


बैशाख १४, २०८० बिहीबार
इलाममा एमाले अध्यक्ष ओलीविरुद्ध पहिचानबादीहरुको बिरोध र कालो झन्डा प्रदर्शन, २१ जना गिरफ्तार

इलाम । पूर्ब प्रधानमन्त्री तथाा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहीबार इलाममा पहिचान पक्षधरले कालो झन्डा देखाएकर बिरोध प्रदर्शन गरेका छन् । प्रदेशको कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झन्डा प्रदर्शन गरे् । अध्यक्ष ओली एमालेको जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्न इलाम आएका थिए । इलाम पुग्नु अघि बाटाेमाा जाेर कल र गाेदकमा पनि रूख ढालेर तेर्स्यााइ बाटाे पनि प्रदर्शनकारीले अबराेध गरेका थीए ।

आफ्नो सम्बोधनका क्रममा ओलीले प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्नुको औचित्य नरहेको बताएका थिए । जनताको मत जितेर नाम परिवर्तन गर्न आन्दोलनकारीलाई सुझाव दिँदै एमाले नेता ओलीले संविधानबमोजिम नै प्रदेशको नाम राखिएको सम्झाए । उनले कालााे झण्डा, देखाएर, ढुंगा हानेर राजनीति हुँदैन भन्ने कुरा पनि सुनाएका थिए ।

Pradarshan.jfif

अध्यक्ष ओलीसहितका नेताहरु कार्यक्रमस्थल गौतमबुद्ध सभाहलतर्फ जाँदै गर्दा इलामको चोक बजारमा आन्दोलनकारीले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ९ जना पक्राउ परेको आन्दालेन आायोजकले जनाएका छन् । आजै  बिहान पनि इलाम र झापा सीमावर्ती स्थल जोरकलशमा १३ जना प्रदर्शनकारी पक्राउ परेका र उनीहरुलाई सामान्य सोधपुछपछि सबैलाई छाडिएको इलामका प्रहरी अधिकारीले जनाए ।

इलामबााट ओली आजै पाँचथरको फिदिमतर्फ लागेको खबर छ । कार्यक्रममा अध्यक्ष ओलीसहित, उपाध्यक्ष सुवास नेम्वाङ र प्रदेश सांसद राम रानामगर लगायतको एमाले नेतालाई लक्षित गर्दै आन्दोलनकारीले कालो झन्डा देखाएका थिए  ।