नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा महाबीर पुनः नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको हो ।
बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र महाविर पुनबीच ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाएको भन्दै उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे ।
नेपाल बैंकको देशभर २२८ शाखाहरु, २०३ एटिएम साथै, ५२ एक्सटेन्सन काउन्टर रहेका छन् ।
नेपालपत्र संवाददाता