शनिबार, आश्विन १७ गते २०८३

आधुनिक युगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक - सगीर खाँ


बैशाख १२, २०८० मंगलबार
आधुनिक युगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक - सगीर खाँ

शहबाज खान /कपिलवस्तु,

कृष्णनगर नगरपालिकाको वडा ३ ले हरेक बर्ष आफ्नो वडा भित्रका छात्रछात्राहरुलाई कम्प्युटर तालिम दिदै आएको छ। यस आर्थिक वर्षमा पनि २ लाख वजेट बिनियोजन गरी २ महिने सी.सी.ए कम्प्यूटर तालिम ३० जना छात्र छात्राहरुलाई दिएको तालिम दिने संस्था श्री गुजीमाई कृषक समुहका प्राविधिक शिक्षक खालिदले‌ बताएका छन्।

कृष्णनगर नगरपालिका वडा ३ ले‌ संचालन गरेको‌ २ महिने कम्प्यूटर तालिम मंगलवारका दिन सम्पन्न गर्दै एक कार्यक्रम बीच छात्र छात्राहरुलाई प्रमाण पत्र वितरण गरेको छ। त्यस अबसरमा कार्यक्रमका प्रमुख अतिथि वडा‌अध्यक्ष सगीर‌ अहमद‌ खांँ र विशिष्ट अतिथि वडा २ का पुर्व वडा अध्यक्ष संजयकुमार गुप्ता रहेका थिए। अहिलेको आधुनिकयुगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक रहेको र अन्य शिक्षाको साथै कम्प्यूटर शिक्षा अनिवार्य रहेकोले अब विद्यार्थीहरुलाई अनिवार्य रुपमा कम्प्युटर तालिम दिनुपर्ने अवश्यकता देखिएकोले हरेक‌ बर्ष युवाहरुलाई कम्प्यूटर तालिम दिनको लागि वजेट विनियोजन‌ गरी तालिम दिदै आएको र आउने आर्थिक वर्षमा थप वजेट विनियोजन गरेर छात्र छात्राहरुलाई कम्प्युटर तालिम दिइने प्रतिबद्धता प्रमुख अतिथि वडा अध्यक्ष संगीर अहमद खांँले गर्दै उपस्थित सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व वडा अध्यक्ष संजयकुमार गुप्ता छात्र छात्राहरुलाई प्रमाण पत्र वितरण गर्दै कम्प्यूटर तालिम सबैलाई अनिवार्य रुपमा लिन भने । उनले कम्प्यूटर तालिम आजको मुख्य आवश्यकता भएको बताउँदै सानोदेखि ठूलो काम गर्नको लागि कम्प्यÞूटरकै प्रयोग हुने गरेको उल्लेख गरे । उनले कम्प्युटर तालिमप्रति नेपाल सरकारलाई विशेष ध्यान दिई अनिवार्य रुपमा हरेक विद्यालयमा कम्प्युटर तालिमको व्यवस्थापन गर्नुपर्ने बताउँदै कृष्णनगर नगरपालिका वडा ३ का सम्पूर्ण पदाधिकारी तथा गुजीमाई कृषक समुहका संचालक प्राविधीक शिक्षकहरुलाई धन्यवाद समेत दिएका थिए।