इलाम । 'थुम्के साहित्यिक समूह' माईजोगमाईको आयोजनामा पालिकाकाे थुम्केमाा एक साहित्यिक भेला सम्पन्न भएकाे छ । कार्यक्रममा ३ वटा साहित्यिक कृति बिमोचन गरिएको बताइएकाे छ । दुर्गा पौडेलको 'छरपस्ट कबिता सङ्ग्रह' केशवराज पौडेल को 'कामना कविता सङ्ग्रह' र नारायण चदाराको 'गुरु दक्षिणा जीबनी सङ्ग्रह' बिमोचन गरिएकाे थियाे । कार्यक्रममा गुरु दक्षिणा कृति भित्रका १८ जना गुरुहरुलाई अभिनन्दन पनि गरिएकाे थियाे ।

यस कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिकाका उपाध्यक्ष प्रबिना राई, अतिथिमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई ,साहित्यकार डा. देबि छेत्री दुलाल, झापाली स्रष्टा तथा आख्यानकार कुमार भट्टराई म र ब क्याम्पस इलामका उप प्राध्यापक केश ब. राई, कृतिकार इच्छाराम कट्टेल,अमरकल्याण माबि नयाँ बजारका प्र अ डि बि भण्डारी लगायत अन्य महानुभाबहरु रहनु भएको थियो । तीनटै कृति माथिको टिप्पणी पाटन क्याम्पसका उप प्राध्यापक तथा साहित्यकार हेम भण्डारीले गर्नु भएको थियो भने केशवराज पौडेल र नारायण चदराले आफ्ना कृतिमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतियोगितात्मक कविता गोष्ठी समेत रहेको यस कार्यक्रमको सञ्लान थुम्के साहित्यिक समूहका सदस्य चेतनाथ आचार्य (जसले रुइबा उपन्यासमा हालै अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको छ)ले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता साहित्यिक समूहका उपाध्यक्ष गोकुल सञ्जेलले गर्नु भएको थियो । यस साहित्यिक कार्यक्रमले स्थानीय साहित्यकारहरूमा उत्साह र उर्जा प्रदान गर्ने अपेक्षा लिइएकाे छ ।
नेपालपत्र संवाददाता