आइतबार, आश्विन १८ गते २०८३

बरिष्ठ कृषि बैज्ञानिक भाेलामानसिंहकाे निधनमा अनेकियूकाे शाेक बक्तब्य

श्रावण ३०, २०७८ शनिबार
बरिष्ठ कृषि बैज्ञानिक भाेलामानसिंहकाे निधनमा अनेकियूकाे शाेक बक्तब्य

       अखिल नेपाल किसान यूनियनले आज एक शोक बक्तब्य निकाल्दै निधन हुनु भएका बरिष्ठ कृषि बैज्ञानिक धानबाली बिशेषज्ञ भोलामानसिंह बस्नेतको असामयिक दुःखद निधन भएकोमा उहाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ । उहाँको शोकलाई शक्तिमा बदलेर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र धानबालीमा अधिकतम उन्नति ल्याउन सबैमा आग्रह गरेको छ । देशले एक समर्पित बैज्ञानिक ब्यक्तित्व गुमाएको जनाउदै यूनियनका अध्यक्ष लोकनारायण सुबेदीले हस्ताक्षर गरेको शोक बक्तब्यमा शोक सन्तप्त परिबार, बस्नेतजीका इष्टमित्र तथा उहाले काम गरेको कृषि क्षेत्रका सहयात्री बैज्ञानिकहरुमा समेत गहिरो समबेदना ब्यक्त गरेको  छ । शोक बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

kisanflag.jpg

बरिष्ठ कृषि बैज्ञानिक भोलामानसिंह बस्नेतको निधनमा

अखिल नेपाल किसान यूनियनको शोक बक्तब्य

                                                                                                                                                २०७८ साउन ३०

देशका प्रमुख बैज्ञानिक तथा धानबाली बिशेषज्ञ भोलामान सिंह बस्नेतको कोरोनाका कारण आज दुःखद निधन भएकोमा अखिल नेपाल किसान यूनियन स्तब्ध र दुःखी भएको छ । यस घडीमा निधन भएका नेपालका ‘धान गुरु’ बस्नेतप्रति अखिल नेपाल किसान यूनियन हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ  ।  यसबाट देशको कृषि बैज्ञानिक क्षेत्रमा अपूरणीय क्षति भएको र देशले कृषि क्षेत्र खाशगरी धानबलीको क्षेत्रमा बिभिन्न हैसियतले प्रभावकारी भूमिका निभाउनु भएको एक जना असल र समर्पित बैज्ञानिक गुमाएको निष्कर्शकासाथ शोक सन्तप्त बस्नेतको परिबार,बन्धुबान्धब ईष्टमित्र, तथा उहाँ संलग्न बैज्ञानिक जगतप्रति पनि अखिल नेपाल किसान यूनियन  गहिरो समवेदना प्रकट गर्दछ ।

यस दुःखको घडीमा उहाँप्रतिको शोकलाई शक्तिमा बदलेर नेपालमा धान उत्पादनमा रहेका समस्याहरुको निराकरण गर्दै खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने, नेपालको परनिर्भरता हटाउने जुन उदेश्य बस्नेतजीले राख्नु भएको थियो त्यसलाई परिपूर्ति गर्ने दिशामा हामी सबै मन, बचन कर्मले समर्पित होऔं र देशको समुन्नतिमा लागौं भन्ने आग्रह पनि अखिल नेपाल किसान यूनियन गर्न चाहछ ।

 

लोकनारायण सुबेदी

अध्यक्ष

अखिल नेपाल किासन यूनियन