वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ संक्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ ।
७१ वर्षका बस्नेतलाई २१ दिनपछि अस्पताल भर्ना गरिएको थियो । लगातार आइसीयुमा राखेर उपचार गराउँदा पनि उनको स्वास्थ्य अवस्था सुधार आएको थिएन । उनको आजै दिउँसो १ बजे पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।
कृषि संचार र प्रसारका पहिलो कार्यक्रम निर्देशकसमेत रहेका बस्नेत उनी झण्डै १ दशक रेडियो नेपालको कृषि कार्यक्रम, कृषि टेलिभिजन र कृषि संचार र प्रसारमा समेत काम गरेका थिए ।
नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रूपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन् ।