काठमाण्डौ । हालै जारी संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिबेदन अनुसार भारतको जनसंख्या १४२.८६ करोड पुगिसकेको छ । यसरी अब भारतले जनंख्याको तथ्यांकमा चीनलाई उछिनिसकेको छ र बिश्वको सबैभन्दा उच्च जनसंख्या भएको मुलुक बनेको छ । यतिबेला चीनको जनसंख्या कम हुँदै गएको र भारतको बढ्दै गएको देखिन्छ । यो बढ्दो जनसंख्या बर्षौंदेखि चिन्ताको एउटा ठूलो बिषय पनि बिश्वब्यापीरुपमा बन्दै आएको हो । अनि बेला बेलामा यसलाई नियन्त्रण गर्ने र सन्तुलनमा राख्ने प्रयासहरु पनि गरेको देखिएको पनि हो । तर पनि यसको नियन्त्रण र नियोजन गर्ने प्रभावकारी नीति तर्जुमा र कार्यान्वयन भएर ठोस नियन्त्रण भएको देखा परेन । यो बढ्दो जनसंख्यालाई लिएर कपिय बिज्ञहरुले भारतमा ठूलो कठिनाई उत्पन्न हुने कुरा पनि औंल्याइरहेका छन् ।
भारतको कूल जनसंख्याको २५ प्रतिशत जनसंख्या ०.१४ बर्षको आयु समूहका रहेको बताइन्छ । यसरी भारतमा जनसंख्याको निकै ठूलो संख्या यूवाहरुको छ र यसलाई भाारतको एउठा ठूलो शक्तिकोरुपमा लिइन्छ । हुन पनि अन्य कुनै पनि देशको तुलनामा भारतको यो कार्यशक्ति निकै ठूलो हो र यसले भाारतको बिकासको सम्भावनालाई पनि दर्शाउँदछ । यसलाई भारतले ठीक र योजनाबद्ध किसिमले सदुपयोग गर्न सक्यो भने प्रगतिको ढोका खुल्न सक्ने ठूलाो सम्भावना पनि रहेको देखिन्छ ।
अर्कोतिर बर्तमान भारतका जुन जटील समस्याहरु छन् त्यसले अर्कै संकेत पनि दिन्छ । त्यो के भने यति ठूलो यूवा शक्तिको सदुपयोग त्यतिबेला मात्र हुन सक्तछ जतिबेला तिनका लागि शिक्षा र स्वास्थ्यका सही सुबिधाहरु प्राप्त हुन्छन् । तर भारतको यो यूवा बेरोजगारीको बिकराल समस्या छ । त्यसले गर्दा त्यहाँ यूवाको भूमिका सामाजिकरुपमा हेर्ने हो भने भारतले त्यसो गर्न सकिरहेको देखा पर्दैन । यो भारतका लागि निकै ठूलो चिन्ता र निराशाको बिषय हो ।
समग्रमा भारतसँग न त त्यस प्रकारको शैक्षिक ब्यवस्था छ जसले त्यहाँका यूवाहरुलाई यति सक्षम बनाओस् कि उनीहरुले देशको औद्योगिकीकरणमा आफ्नो भूमिका खोज्न सकुन् र पाउन् र अर्थ ब्यवस्थालाई नयाँ उच्च गति दिनमा योगदान गरुन् । यसरी हेर्दा भारतको बिराट जनसंख्या नै भारतको बिराट समस्या बन्ने देखिन्छ । यसमा सन्तुलन ल्याउने सही नीति र योजना भारतले बनाउन सकेन भने यस जनसंख्याले बिकराल समस्या ल्याउन सक्ने बिज्ञहरु औंल्याइरहेका छन् । यसले ठूलो परिबर्तनको संकेत गर्दछ ।
नेपालपत्र संवाददाता