सहकारीकर्मीमाथि ज्यादती भएको भन्दै अराजक क्रियाकलाप गर्ने व्यक्ति र समुहलाइ कडा कारवाही गनुर्पर्ने र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका छन् ।
ललितपुर जिल्लामा क्रियाशील सहकारी संघहरूले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग गरेका हुन् । भक्तपुर जिल्लामा अवस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक समिर खत्रीमाथि केही व्यक्तिले हातपातका गर्नुका साथै कालाेमाेसाे समेत दलेका थिए ।
जिल्ला सहकारी संघ, बचत संघ, बहुउद्देश्यीय संघ, कृषि सहकारी संघ, चिया उत्पादक संघ, दुग्ध उत्पादक संघ, उपभोक्ता सहकारी संघ र कफि सहकारी संघका प्रतिनिधिले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सहकारीका सदस्यहरूले धैर्य तथा संयम अपनाउन अपील गरेका हुन् ।
आर्थिक मन्दीले नेपालको समग् वित्तीय क्षेत्र तरलता समस्याबाट गुज्रिरहेको भन्दै उनीहरूले कतिपय संस्थामा तत्काल बचत फिर्ता गर्न नसक्ने अवस्था रहेको भएतापनि त्यसै विषयलाइ लिएर सहकारीकर्मीमाथि अमानवी व्यवहार गरिएकोमा उनीहरूले खेद प्रकट गरेका हुन् ।
‘यस्ता गैरजिम्मेवार क्रियाकलापहरूबाट सहकारीका सञ्चालक र कर्मचारीहरूको जिउधनको सुरक्षाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’ विज्ञप्तिमा भनिएकाे छ ।

नेपालपत्र संवाददाता