एनएमबि बैंकले दसौं हेरिटेज वाक सम्पन्न गरेको छ । बैंकले बैशाख २ गते एनएमबि भवन, बबरमहलबाट शुरु गरी पाटन दरबार स्क्वायरसम्म हेरिटेज वाक कार्यक्रम गरेको हो । समृद्ध नेपालको सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।
बैंक र नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा ललितपुर महानगररपालिकाका मेयर चिरिबाबु महर्जन रहेका थिए । बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्य, रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारण गरी करिब ६ सय जनाको सहभागितामा कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजार रुपैयाँ सहयोगका साथै पाटन संग्रहालयलाई डस्टबिन हस्तान्तरण गरेको थियो ।
उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए । नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, सदस्य धर्म शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य राखेका थिए । बैंकले सोहि प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५ र ७ मा पनि सम्पन्न गरेको छ ।
बिगत २७ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको द ब्यान्कर पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१ ऋवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएम, १२ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालपत्र संवाददाता