काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज किष्ट अस्पतालमा निधन भएको छ । ।
पारिवारिक स्रोतका अनुसार १०० वर्षीय राधादेवी जोशीको आज शनिबार बिहान ५ बजेर १५ मिनेट जाँदा भएको हो ।
राधादेवी जाेशी केही समय यता सोही अस्पतालमा उपचाररत रहेकी थिइन् । सत्यमोहन जोशीको निधन भएको ७ निधन भएकाे ७ महिना पछि पत्नी राधाकाे पनि देहाबसान भएकाे छ ।
गएकाे वर्ष असोजमा सत्यमाेहन जोशीको किष्ट अस्पतालमा नै १०३ वर्षको उमेरमा निधन भएको थियो ।
नेपालपत्र संवाददाता