बुधबार, भाद्र ३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीको शुभकामना सन्देश : जनतालाई संघर्षशील रहन आग्रह


बैशाख १, २०८० शुक्रबार
नेपाल कम्युनिष्ट पार्टीको शुभकामना सन्देश : जनतालाई संघर्षशील रहन आग्रह

 

नेपाल कम्युनिष्ट पार्टीले आज नबबर्ष २०८० शुरु भएको अबसरमा  एक शुभ कामना सन्देश दिदै नेपाली जनताले आफ्नो बर्तमान फेर्न र भबिष्य सुनिश्चित गर्न पुनः एक पटक संघर्ष गर्नु पर्ने स्थिति बिकसित भइरहेकाो कुरा दर्शाएको छ । सन्देशमा भनिएको छ जतिसुकै पुराना बर्ष फेरिए पनि र नयााँ बर्ष लागे पनि नेपाली जनताका आन्तरिक र बाह्य समस्या हल नभएको र यसका लागि सत्तामा गएका दलहरु जिम्मेवार रहेको कुरा औंल्याएको छ । पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले दिएको शुभकामना बक्तब्य यस प्रकार छ :

आफ्नो बर्तमान र भबिष्यका निम्ति संघर्षशील स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा नेपाल कम्युनिष्ट पार्टी नयाँ बर्ष २०८० को शुरुवात हुन लाग्दा हार्दिक तथा  न्यानो अभिबादन गर्दछ । पुराना बर्षहरु बित्दै र नयाँ बर्ष लाग्दै गर्दा पनि नेपाल र नेपाली जनताका आन्तरिक र बाह्य समस्याहरु समाधान हुनको सट्टा झनपछि झन जटील र कठिन बन्दै गएको आजको कटु यथार्थ हो । यो नेपाली जनताले चलाएको संघर्षको जन आदेश बिपरीत गएर सत्ताको निम्ति देश बिदेशी प्रतिगामी शक्तिसँग सौदाबाजी गर्ने संकीर्ण स्वार्थका कारण उत्पन्न भएको हो । फलत आज स्थिति यति बिग्रेको छ कि को प्रतिगामी को अग्रगामी हो पर्गेल्न कठिन भएको छ  जनताका लागि सबै ‘गासेगुसे एकै नासे’ जस्तो स्थिति उत्पन्न भएको छ ।

cpnflag.jpg

सत्तामा पुगेका दलहरूले ससदीय ब्यबस्थाका न्यूनतम मूल्य मान्यतालाई पनि अबलम्बन नगरी यो ब्यवस्थालाई आफ्नो बिर्ता र बपौति जस्तो सम्झेर मनपरी चलाउने र हिजोकै जनबिरोधी शक्तिको गलत बाटोमा हिड्ने अबाञ्छित र अस्वीकार्य गतिबिधिले गर्दा बिभिन्न रंगरुपका प्रतिगामी शक्तिले टाउको उठाउन थालेको र तालतालका अवसरबादीहरुले ताली ठोकिरहेको स्थिति देखिदैछ ।

यस्तो अबस्थामा बाहय शक्तिले झन बढी खेल्ने ठाउ पाउने कुरा सर्बबिदित छ ।अतः यस्तो परिप्रेक्षमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाका समस्याहरु झन तीब्र बन्ने र जन जीवन अझ कष्टकर हुने दिशातिर देश धकेलिने छ । यसर्थ आज सम्पूर्ण नेपाली जनता एकजुट भएर राष्ट्र बिरोधी र जन बिरोधी सबै खाले हर्कतका बिरुद्ध सचेततापूर्ब संघर्षशील बन्नुको कुनै बिकल्प छैन भन्ने नेपाल कम्युनिष्ट पार्टीको प्रष्ट निष्कर्श छ । नयाँ बर्षले सम्पूर्ण राष्ट्रप्रेमी निष्ठाबान बाम तथा लोकतान्त्रिक शक्तिहरुलाई यस दिसामा खडा हुन  सत्प्रेरणा दओस् भन्ने हार्दिक शुभकामना नेपाल कम्युनिष्ट पार्टी ब्यक्त गर्दछ ।