शनिबार, आश्विन १७ गते २०८३

स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जका लागि आवेदन खुला, १० दिनकाे म्याद


चैत्र ३०, २०७९ बिहीबार
स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जका  लागि आवेदन खुला, १० दिनकाे म्याद

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको छ । 

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं वस्तु विनिमय बजार संचालन गर्न कंपनी संस्थापनका गर्न पूर्वस्वीकृतिका लागि इच्छुक संस्थाले १० दिनभित्र धितोपत्र बोर्ड निवेदन पेश गर्न सूचना गरिएको छ । 

बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरी प्रक्रिया अघि बढाएकाे थियो । बोर्डले २०७९ अशाेज २ गते ४५ दिनकाे म्याद दिएर लाइसेन्स खुलाएको थियो । तर कार्तिक ४ गते सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै साे प्रक्रिया यथास्थितिमा राख्न भनेकाेले कार्तिक १५ मा बाेर्डले स्थगित गरेकाे थियाे ।

सर्वोच्चले चैत्र २६ गते रिट खारेज गरेसँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाए बोर्डले इच्छुक कम्पनीलाई आवेदन दिन बिहीबार सार्वजनिक सूचना जारी गरेको हाे । 

  • सम्बन्धित विषय:

  • # #SEBON
  • # #CommodityExchange
  • # #NewStockExchange