शनिबार, आश्विन १७ गते २०८३

कसैले ५१ प्रतिशत मत नल्याएपछि दोश्रो चरणमा भिड्दै अञ्जन र उमेशलाल


चैत्र ३०, २०७९ बिहीबार
कसैले ५१ प्रतिशत मत नल्याएपछि दोश्रो चरणमा भिड्दै अञ्जन र उमेशलाल

 

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि भिडेका ३ जनामध्ये कसैको ५१ प्रतिशत मत नपुगेपछि पुनः निर्वाचन हुने भएको छ ।  दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजे हुनेछ जहाँ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच मात्र प्रतिस्पर्धा हुनेछ । 

पहिलो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा भएको थियो । तीन मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेका पछि मतभारका आधारमा पहिलो र दोश्रो बीच पुनः प्रतिष्पर्धा हुन लागेको हो । 

अञ्जन श्रेष्ठले वस्तु, जिल्ला र एशोसिएट गरी तीनै तर्फ कुल ३७।९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१।५१ र रामचन्द्र संघईले ३०।४६ प्रतिशत मतभार ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बस्तुगततर्फ अन्जनले ६।७२, उमेशलालले ११।३१ र रामचन्द्रले १।९६ प्रतिशत मतभार पाएका थिए। यसैगरी जिल्लारनगरतर्फ अन्जले २०।६१, उमेशलालले १२।२८ र रामचन्द्रले १७।१० मतभार पाएका थिए। एशोसिएट्सतर्फ अन्जनले १०।६६, उमेशलालले ७।९२ र रामचन्द्रले ११।४० मतभार पाएका छन्।

  • सम्बन्धित विषय:

  • # #UmeshlalShrestha
  • # #AnjanShrestha
  • # #FNCCI
  • # #नेउवामहासंघ
  • # #चुनाव