नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले सहकारी क्षेत्रको सुधारका लागि दिमाग र सोच परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले नीति नियम मात्र राम्रो भएर मात्रै सुधार नहुने स्पष्ट पारे ।
जारी राष्ट्रिय सहकारी महासम्मेलन अन्तर्गत ‘सहकारीको स्वनियम र सुशासनको ढाँचाः दर्शन र कानूनको सन्दर्भमा’ विषयक प्यानल बहसमा बोल्दै उनले सहकारी क्षेत्र संचारमाध्यम र नियामक निकायका कारण मात्र बिग्रेको भन्नु गलत भएकाे जनाए । यसका लागि अभियन्ताहरुले सहकारीको मूल्य मान्यतालाई इमान्दार भएर पालना गरे पुग्छ ।’
उनले सहकारी क्षेत्रमा कार्य व्यवस्थामा समस्या रहेको औंल्याउँदै नीति, नियम वा ऐन तुरुन्त संशोधन गर्न सकिने बताए । पूर्वसचिव मैनालीले यतिबेला सहकारी क्षेत्रमा इतिहासकै ठूलो समस्या आएकाले यसका लागि सबै अभियन्ताहरु एक भएर अघि बढ्न आग्रह गरे ।
नेपालपत्र संवाददाता