काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सहकारीको अनुगमन गर्न राष्ट्र बैंकलाई नगुर्हान सुझाएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका खतिवडाले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको तेस्रो महासम्मेलनमा बोल्दै उनले सहकारीको अनुगमनको लागि छुटै निकाय भने गठन गर्नु उचित हुने जनाएका हुन् ।
सहकारीको नियमन प्रणाली राष्ट्र बैंकमार्फत नभई दोस्रो तहको नियामक निकाय गठन गर्न आवश्यक भएको उनले सुझाए। ‘राष्ट्रबैंकले सहकारीको नियमन र अनुगमन गरे अप्ठेरोमा परिन्छु उनले भने ।
संसदमा दर्ता भएको सम्पत्ति शुद्धिकरण प्रावधान रोक्न उनले सुझाए । उक्त ऐनमार्फत सहकारीको बचतमा अधिकतम बचतको सीमाको प्रावधान राखिएको छ । त्यसले सहकारी क्षेत्रलाई फाइदा नपुग्ने भन्दै रोक्नका लागि पहल गर्नुपर्ने उनकाे भनाइ थियाे ।
नेपालपत्र संवाददाता