काेभिडले किसानकाे स्वास्थ्य र बालीनाली तथा पशुपंक्षी समेत बर्बाद पारिरहेकाे बेला पीडित किसानले थप राहत पाउनु पर्नेमा उल्टै किसानले पाउनु पर्ने ७५ प्रतिशत बीमा रकम २५ प्रतिशले घटाएर यस अघिकाे ओली सरकारले किसानमाथि बाेझ थाेपरेकाेमा अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल क्रान्तिकारी किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लाेकनारायण सुबेदी र अखिल नेपाल प्रगितशील किसान संघका इञ्चार्ज कृष्ण रानाले एक संयुक्त बक्तब्य दिदै त्यसकाे घाेर बिराेध गरेका छ्न् र पहिलेकाे बीमा रकम यथाबत राख्न र अतिरिक्त रकम थप गर्न जाेडदार माग गरेका छन् । उनीहरूले दिकाे संयुक्त बक्तब्यकाे पूर्ण पाठ यस प्रकार रहेकाे छ :
किसानले गरेको खेतीपाती र पशुपालनमा बिभिन्न रोग ब्याधी, प्राकृतिक प्रकोप आदिले हुने क्षतिमा बित्तीय सुरक्षा प्रदान गर्न र कृषि क्षेत्रमा थप लगानीका लागि प्रोत्साहन दिन दिइदै आएको ७५ प्रतिशहत बीमामा नेपाल सरकारले कटौति गरी ५० प्रतिशतमा झारेकोमा हामी चार किसान संगठनको गम्भीर ध्यानाकर्ष भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसान बर्गलाई खेतीपाती र पशुपंक्षी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नु पर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनु पर्ने बेलामा बीमा जस्ता कार्यक्रमले अलिकति भए पनि किसानलाई राहन हुने देखिएकोमा सरकारले यसरी हचुवा तरीकाले बीमाको रकम कटौति गरेको चार किसान संगठनको तर्फबाट हामी घोर बिरोध जनाउँदछौ ।
किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बीमा सुबिधा कायम राख्न र यसलाई अझ बढाउदै लैजान जोडदार माग गर्दछौं । किसान दिदी बहिनी तथा दाजु भाइहरुमा यो बीमा सुबिधा कटौतिको बिरुद्ध आवाज उठाउन र संघर्षशील हुन पनि हामी आह्वान गर्दछौं ।
