शनिबार, आश्विन १७ गते २०८३

 ए रातो फूल !     तिमी कता छौ ?

श्रावण २६, २०७८ मंगलबार
 ए रातो फूल !      तिमी कता छौ ?

rambinay.jpg

-राम बिनय

(कमरेड पुष्पलालकाे ४३औं स्मृति दिवस सन्दर्भमा  श्रावण १५ बाचन गरिएकाे कबिता)

 १)निर्मल नदी बगेर

स्वच्छ मन्द मन्द बतास सरसराएर

हिमाली उचाईको पाईलामा

व्यापक आकाश फैलिएर

हरियाली पहाडको ढुकढुकिमा

समतल मैदान चलमलाएर

तिमीले मुलबाटो खन्यौ

अहिले तिमी कहाँ छौ रातो फूल?  

 

 २)मूलबाटोमा लागेका यात्रीहरु

गन्तव्यमा पुगेकै छैनन् 

बिघ्न बाधाका पर्खालले छेक्न छाडेकै छैन।

बाढी पहिरोको ओईरोले ढाक्न छाडेको छैन।

एकैठाउ मिलेर बसेका हाम्रा मनहरुलाई

टुक्राटुक्रा पारेर छुत्याउन कसैले 

बिखण्डनको चुपिले रेट्न खोज्न छाडेकै छैन। 

 

३)हाम्रो मनलाई 

 हाम्रो तनलाई

 हाम्रो धनलाई

 किन हो कुन्नी ?

 पिंधबिनाको लोटामा राखेर

भीरबाट गुडाउन खोजिएकोछ।

अस्तित्व बिहीन नालायक (निरीह) बनाउन

मुसा र बिरालोको खेलमा पारेर

दिमागभरी उल्लुहरु सलबलाउन खोजिरहेछ्न।

 

४)मिल्न नदिने नदीलाई दोभानमा

  बढन नदिने प्रवाहलाई बेगमा

  मूलबाटो भत्काउन खोज्ने को हो त्यो?

  होचा पुडकाहरु अग्लिन खोज्दा

  गणतान्त्रिक मुकुण्डो भिरेका

  राजाहरूका हुकुमी शासनमा बांच्नु पर्ने

  प्रत्येकको दिल दिमागमा 

  धमिरा उमार्ने

   निर्मल बगैंचामा रातोफूल फुल्न न दिने

    को हो त्यो ?

 

   ५) निर्मल नदीमा पदूषण बढाउने 

     क्षितिजभरी तुंवालोको डढेलो लगाउने

     अबरोध बज्रपात बर्साउने

      देश र जनताको नाममा 

      आफ्नै भुँडी बढाउने

      हामीलाई जिल्लपारेर ठग्ने

     सिल्ली को हो त्यो ?

     ए रातो फूल !

     तिमी कता छौ ?