काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा एमसीसी लगायत आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
भेटका अबसरमा राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरे । एससिसी नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताउँदै उनले थप भने - “एमसिसीबारे कुनै पनि कुरा प्रष्ट पार्न हामी तयार छौँ, यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु हो ।”
एमसिसीबारे राजदूतले गरेको आग्रहप्रति मन्त्री भुसालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने बताएकाे कुरा प्रकाशमा आएकाे छ । उनले प्रष्ट पार्दै थप भनिनक कि, “एमसिसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिन्छ, त्यो विषयमा उपयुक्त समयमा छलफल होला ।”
त्यस अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको कुरा बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास पनि ब्यक्त गर्दै एमसीसी कार्यान्वयन हुने आशय ब्यक्त गरेका थिए ।
त्यस अवसरमा मन्त्री भुसालले जल बायु परिबर्तन सम्वन्ध अमेरिकी प्रस्ताबले बिश्व लाभान्बित हुने कुरा राख्दै अमेरिकाबाट काेभिडका बिरध्द नेपाले पाएकाे खाेपले सहयाेग पुगेकाे कुरा पनि ब्यक्त गरेकी थिइन्र ।