काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र चिनीयाँ राजदूत होउ याञ्छीबीच हिजाे भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित गृहमन्त्रालयमा यो पहिलो औपचारिक भेटवार्ता भएको हो ।
भेट बार्ताकाे क्रममा राजदूत याञ्छीले अहिले सरकार परिवर्तन भएकाे कुरालाई चीनले सकारात्मक रुपमा लिएको बताइएकाे छ । त्यसैगरी गृहमन्त्री खाणले पनि कोरोनाभाइरस विरुद्धको लडाइका निम्ति उपलब्ध गराएको कोरोना खोपको लागि चिनीयाँ सरकारलाई धन्यवाद दिएको जनाइएकाे छ ।
यसअघि आइतबार नै बिहान राजदूत याञ्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दाहाल निबास खुमलटार पुगेर भेट गरेकाे समाचार छ ।