शनिबार, आश्विन १७ गते २०८३

सर्वोच्चमा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध  रिट दायर

श्रावण २४, २०७८ आइतबार
सर्वोच्चमा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध  रिट दायर

काठमाण्डाै । भूमिसम्वन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेर    वर्तमान सरकारको निर्णय बदर गर्न माग र गरिएको छ ।

यस सम्वन्धमा अधिबक्ता  प्रवेश केसीले त्याे भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै आज सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

गएकाे साउन १९ मा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा बनेको आयोग खारेजीको निर्णय गरेको थियो ।  अधिवक्ता केसीको रिटमा २५ साउनका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। 

सर्बाेच्चमा दिएकाे रिटमा  आयोग खारेजीको निर्णय संविधानको धारा ३७ र ४० को व्यवस्थाविपरीत रहेकाले असंवैधानिक रहेको जिकिर गरिएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को व्यवस्थाबमोजिम तीन वर्षको समयसीमा दिएर त्याे आयोग गठन गरेको थियो । 

प्रस्तुत रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको छ ।