आइतबार, आश्विन १८ गते २०८३

जापानले अनुदानमा दिएको कोभिड–१९ बिरुद्धको १६ लाख डोज खोप आइतबार आउने

श्रावण २१, २०७८ बिहीबार
जापानले अनुदानमा दिएको कोभिड–१९ बिरुद्धको १६ लाख डोज खोप आइतबार आउने

काठमाडौं । अनुदानमा नेपाललाई जापान सरकारले  दिएको कोभिड–१९ बिरुद्धको खोप शनिबार र आइतबार गरेर दुइपटकमा नेपाल आइपुग्ने भएको छ । यो खोप कोभिशील्डको पहिलो मात्रा लगाएका १३ लाख ४८ हजार ज्येष्ठ नागरिकलाई दिइने जनाइएको छ । 

यसभन्दा पहिला पनि जापान सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप अनुदानमा दिने घोषणा गरेको थियो ।