बुधबार, भाद्र ३ गते २०८३

मार्क्सबादका मर्मज्ञ र उन्नयनकर्ता एंगेल्सप्रति शतत नमन !

श्रावण २१, २०७८ बिहीबार
मार्क्सबादका मर्मज्ञ र उन्नयनकर्ता एंगेल्सप्रति शतत नमन !


वैज्ञानिक साम्यवादी कार्ल मार्क्सका अनन्य मित्र तथा मार्क्सबादका सह-प्रबर्तक फेडरिख एंगेल्सको देहाबसान भएकाे दिन हाे ५ अगष्टकाे दिन । उनकाे सन् १८२० नोवेम्वर २८ का दिन जर्मनीको राइन प्रदेशको वर्मेन शहरमा भएको थियो । कार्ल मार्क्सपछि विश्वका आधुनिक सर्वहारा वर्गको श्रेष्ठ दार्शनिक एवं चिन्तक हुन् फ्रेडरिक एंगेल्स । मार्क्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनीहरूकाे मित्रता बिश्व प्रसिध्द छ ।

फेडरिक  एंगेल्स कार्ल मार्क्सका  सहयोगी मित्र र मार्क्सको निधनपछि उनको मार्क्सवादी सिद्धान्तलाई पूर्णता दिने दार्शनिक हुन् । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिएकाे कारण पनि यही नै हाे । दुबै मार्क्सवादका प्रर्वतक पनि मानिन्छन् । सन् १८४८ मा दुवै मिलेर कम्युनिस्ट घाेषणापत्र तयार गरे । त्यही कम्युनिष्ट घोषणापत्र नै बिश्व सर्बहारा शिविरको सबैभन्दा ठूलो दार्शनिक हतियार बन्न पुग्यो ।

Engels.jfif

एंगेल्सकाे याेगदानकाे कुरा गर्दा सन् १८४५ मा मजदुर वर्गको अवस्था र सन् १८४६ मा पवित्र परिवार र जर्मन विचारधारा नामक ग्रन्थहरूका रचनाकार भएका थिए एंगेल्स । उनले सन् १८४७ मा कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा र सन् १८४८ मा कार्ल मार्क्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र जस्ताे युगान्तकारी  ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनका आधारशिला स्थापित गरेका थिए ।

सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल मार्क्सका सहयोगी, तात्कालीन जर्मन पूँजीवादले मार्क्सवादमाथि गरेको हमलाको प्रतिउत्तरमा ड्यूहरिङ्ग मतखण्डन, लुडविक फायरवाख र वालसक्रिय दर्शनकाे अन्त्य, परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति जस्ता विश्वविख्यात पुस्तकका लेखक उनै एंगेल्स थिए । उनको दार्शनिक चिन्तनको क्रान्तिबाटै वास्तबमा मार्क्सवाद स्थापित भयो ।

संसार प्रसिद्ध पूँजीको रचना गर्न कार्ल मार्क्सलाई अभूतपूर्ण सहयोग उनैले  एंगेल्सले गरेका हुन् । दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणालीहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्नमा दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न एंगेल्सको अत्यन्तै ठूलाे योगदान रहेकाे छ । सन् १८८९ मा दोश्रो इन्टरनेशनलको स्थापना गरेर मार्क्सवादलाई समृद्ध बनाउने काममा उनै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।

वास्तबमा यसरी अाधुिनक मजदुर वर्गको मुक्तिको बाटो देखाई दिने एक  महान चिन्तक थिए । एंगेल्स कार्ल मार्क्सका एक सच्चा साथी थिए । सन् १८८३ मा मार्क्सको निधन भएपछि पूँजीको तेस्रो खण्ड एंगेल्सले नै प्रकाशित गरेका थिए । मार्क्सबादका मर्मज्ञ र उन्नयनकर्ता दार्शनिक एंगेल्सप्रति उच्च सम्मान तथा शतत नमन !